२०८१ जेष्ठ ३१ गते बिहिवार

चलचित्रको सबैभन्दा ठुलो बजार दाङ



तस्बिर:झग्गु भण्डारी

दाङ,२० जेठ ।
दाङमा एक समय चलचित्र हल सञ्चालनको ठुलो मात्रामा लहर नै छायो । हेर्ने दर्शकको भिड हल सञ्चालकलाई थामीनसक्नुको हुन्थ्यो । प्रविधिको विकाससंगै सिनेमा हलहरुको विकास गर्न नसक्नु,दोहोरो कर प्रणाली,लगानीको असुरक्षा लगाएतका विभिन्न कारण देखाउदै केही समय अघिबाट अधिकांश हल अहिले पुर्ण रूपमा बन्द अवस्थामा रहेका छन् ।

जिल्लाको तुलसीपुर,नारायणपुर,घोराही,लमही र भालुवाङमा गरेर १४ वटा सिनेमा हल यस अघि सञ्चालनमा रहेका थिए । तर अहिले १० वटा हल पुर्ण रुपमा बन्द भैसकेका छन् भने ४ वटा हलमा ५ वटा पर्दाबाट दंगालीहरुले चलचित्रको दृश्य मनाेरञ्जन लिईरहेका छन् । चलत्रिच बजारमा सम्भावना नदेखेका दंगाली हल सञ्चालकहरुको विषयमा अभिनेता निखिल उप्रेतीले भने चलचित्र प्रदर्शनीका क्रममा दाङमा केही वर्ष अघि पहिलोपटक दाङका सिनेमा हलमा आउँदाको भिड देख्दा आफु त्यसबाट झनै उत्साहित भएको बताउनुहुन्छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहकार्यमा धार्मिक  तथा पर्यटकीय क्षेत्र सुईकोटमा शनिबार आयोजित सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

चलचित्रको सबैभन्दा ठुलो बजार दाङ नै हो : निखिल उप्रेती
नेपाली चलचित्र क्षेत्रका सफल अभिनेताका रुपमा परिचित निखिल उप्रेतीले चलचित्रको सबै भन्दा ठुलो बजार दाङ रहेको बताउनुभएको छ ।

स्थानिय स्तरका विषयलाई केन्द्रमा मात्र होईन विश्वसामु चिनाउन समेत दाङका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थानहरु पर्याप्त रहेको बताउनुभयो । चलचित्र प्रदर्शनिका समय पहिलोपटक दाङ आएका उहाँले पाएको दंगालीको अथाह मायाले नै फिल्मी क्षेत्रमा उर्जा थपेको स्मरण गर्नुभयो ।

सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उहाँले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताउनुभयो ।

‘आफ्नो ठाउँको सुन्दरताको भिडियो हामिले किन नबनाउने,‘उहाँले भन्नुभयो-‘कला त्यो चिज हो जुन चिजले कुरुपतालाई पनि सुन्दरतामा प्रस्तुत गर्न सक्छ । तर दाङ आफैमा सुन्दर जिल्ला हो । चलचित्र छायाँकनका लागि प्रशस्त सम्भावित क्षेत्रहरु हुँदापनि आदर्श धेरै प्रयोगात्मक रुपमा कमि भएको महशुस गरेको छु ’ ।

कुनैबेला विरामीको समयमा मात्र प्रयोग हुने‘भाईरल’ शब्द आजभोलि विभिन्न स्टन्ट गरेर भाईरल हुने प्रवृति हावी भएको भन्दै यो लामो समय नटिक्ने बताउनुभयो । सफल फिल्म निर्माणका लागि कथा बस्तुमा भर पर्ने भन्दै अभिनेता उप्रेतीले स्थानिय क्षेत्रको धार्मिक तथा पर्यटन बिकास र प्रचारप्रसारका लागि हृदयमा प्रेमको कमी नै समस्याको बाधक तत्व रहेको बताउनुभयो ।

सहजकर्ता धुर्वराज न्यौपानेले नेपाली सिनेमाले स्थानीय पर्यटन तथा प्रवद्र्धन गर्न सक्छन् ? भन्ने प्रश्नमा अभिनेता उप्रेतीले स्थानीय पर्यटन प्रबर्द्धनका लागि चलचित्र भन्दा राम्रो अन्य कुनै माध्यम नरहेको बताउनुभएको थियो । भविष्यमा तपाईले निर्माण गर्ने कुनैपनि चलचित्र निर्माणका लागि छायाँकन गर्न दाङ रोजाईमा पर्ला भन्ने सहजकर्ताको प्रश्नमा अभिनेता उप्रेतीले कथा वस्तुमा भरपर्ने विषय भएकाले असम्भव भन्ने कुनैपनि कुरा नहुने बताउनुभयो ।

पर्यटन बिकास र प्रबर्द्धनका लागि स्थानीय सरकार तयार छ : बस्नेत
शान्तिनगर गाँउपलिकामा धार्मिक तथा पर्यटन विकासका लागि काम अगाढि बढाइएको छ ।वडा नम्बर १ मा रहेको पाँच सय वर्ष पुरानो खड्काकोट दरवार र बंकर,वडा नम्बर ३ मा रहेको पालिकाकै सबैभन्दा ठुलो शक्तिपिठ सुन्दरादेवि भगवति मन्दिर, छहरा,वडा नम्बर ७ लगाएत अन्य स्थानहरुमा रहेका मठ मन्दिर तथा धार्मिक एवम पर्यटकीय  स्थलहरु रहेपनि प्रचारप्रसारको कमिले ओझेलमा रहेका छन् ।

गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचार प्रसारको कार्य शुभारम्भ भएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो ।

‘स्थानीय स्तरमा धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई समेटेर थुप्रै वृत्त चित्रहरु निर्माण गरेका छौं,‘उहाँले भन्नुभयो-‘निर्माण गरिएका वूत्तचित्र पालिकामा नै थन्किएका छन् केन्द«सम्म पठाउन सकिएको छैन् । आगामि दिनमा यस क्षेत्रको धार्मिक तथा पर्यटन विकासका लागि योजना बनाएर काम गर्ने तयारीमा छौं’ ।

पर्यटन र संस्कृर्तिमा लगानी गर्ने योजना स्थानीय सरकारमा छैन् :आचार्य
पर्यटन र संस्कृर्तिमा लगानी गर्ने योजना नहुँदा स्थानीय पर्यटन प्रवद्धनमा समस्या रहेको संंस्कृतिविद डा.गोविन्द आचार्यले बताउनुभयो ।

‘पालिकाहरुमा पर्यटन र संस्कृर्तिमा लगानी गर्ने बजेट हुँदैन,कतिपय पालिकामा यो विषय हर्ने शाखा समेत राखिएको छैन,‘उहाँले भन्नुभयो-‘मौलिकता र संस्कृर्तिका नाममा घेरिएको छ तर नेपाली चलचित्रको तुलनामा हिन्दी चलचित्र बढि हेरेको पाइन्छ यही अवस्था कायम रहे नेपाली चलचिच बजारको अवस्था गाह्रो देखिन्छ ’।

दाङमा चलचित्र छायाँकनका लागि सम्भावनायुक्त स्थानहरु रहेपनि सडक पूर्वाधारको अवस्था,पर्याप्त लगानी गर्न निर्माता तयार नहुनु,प््चार प्रसारको अभाव लगाएतका कारण समस्या भएको आचार्यले बताउनुभयो । स्थानिय पर्यटन र संस्कृर्तिको विकासका लागि प्रत्यक पालिकाले यथेष्ट बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सञ्चारको शसक्त माध्यम सिनेमा : गिरी
सिनेमाको जहाँ सबैभन्दा धेरै व्यापार हुन्छ सोही क्षेत्रमा चलचित्रहरुपनि बढि छाँयाकन हुने गरेको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष कुबेर गिरीले बताउनुभयो ।

बिगतमा एक दर्जनबढि सिनेमाहरुबाट चलचित्र दाङमाप्रदर्शन हुने गरेकोमा पछिल्लो समय यसको दर ह्वात्तै घट्नुपनि यसको प्रभावका रुपमा लिन सकिने उहाँले बताउनुभयो । स्थानिय पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको पनि उत्तिकै महत्वपुर्ण भूमिका रहेको भन्दै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।

‘सञ्चारको शसक्त माध्यम सिनेमा हो-‘उहाँले भन्नुभयो-‘यसको विषयले नै धेरै कुरा सिकाउछ,स्थानीय सरकारले सम्भावित स्थानको पहिचान गरी तयार पारेको भिडियो सामग्रि चलचित्र विकास वोर्डमा पठाएरपनि चलचित्र छायाँकनका लागि उपयुक्त स्थानको जानकारी दिन सकिन्छ’।

दाङबाट राष्ट्रिय स्तरमा चिनाउने थुप्रै सेलिव्रेटिहरु भएपनि दाङलाई चिनाउन प्रयास गरेको नदेखिएको बताउनुभयो । प्रत्यक्ष रुपमा भूगोलको अध्ययन गरेपछि उपाध्यक्ष गिरीले पत्रकारीताको माध्यमबाट चलचित्र छायाँकनका लागि दाङ उपयुक्त स्थान रहेको विषयमा निरन्तर कलम चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षता, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा अभिनेता निखिल उप्ैतीको विशिष्ठ आतिथ्यतामा सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रम भएको हो ।

वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दंगिशरण गाँउपालिकाका अध्यक्ष सम्भु गिरी,शान्तिनगर गाँउपालिकाका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, पर्यटन विकास केन्द्र दाङका अध्यक्ष डा.लोकराज पराजुली लगाएतले स्थानीय तहमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसारमा स्थानीय तहले मिले काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजिकरण रिपोटर्स कल्वका महासचिव विमल गौतमले गर्नुभएको थियो भने सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य ध्रुवराज न्यौपानेले गर्नुभएको थियो।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार