२०८१ माघ १० गते बिहिवार

छुवाछुत अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड



तुलसीपुर,२१ जेठ ।
जातिय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सबै एकजुट हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
दिवसका अवसरमा छुवाछूतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा संवैधानिक र कानुनी व्यवस्थाको कार्यान्वयन विषयमा तुलसीपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

दलित महिला संघ दाङको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दलित समुदायमाथि जातिय भेदभावका घट्ना अझैपनि रहनु दुखद पक्ष रहेको बताएका छन् ।
संघका अध्यक्ष युवा कराराको अध्यक्षता तथा तुलसीपुर उपमहनगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

अशिक्षा,भएका कानुनको कार्यन्वयनमा राज्यको उदासिनता,राजनैतिक पहुँचका भरमा मिलापत्रमा टुङ्गो लगाउने परिपाटि तथा सम्वन्धित निकाय पुग्नु अगावै घट्ना मिलाउन प्रयत्न गर्ने मुख्य कारणहरु रहेको सहभागिहरुले बताएका छन् ।

त्यस्तै पिडित र पिडकको साक्षिको समेत सामाजिक सुरक्षाको सवाल मूख्य चुनौति रहेको उनिहरुले बताएका हुन् । गाँउमै मिलापत्र गर्न दवाव,सरोकारवाला निकाएको ध्यान नहुन लगाएतका समस्याले अहिलेपनि जातिय छुवाछुतका घटनामा कमि आउन नसकेको उनिहरुको भनाई छ ।

अधिकारकर्मी निर्मल नेपालीले विषय प्रवेश गराएको कार्यक्रममा नेपाल दलित संघका केन्दि«य सचिव देविका नेपालीले विगतको तुलनामा जातिय विभेदका घट्नामा केही सुधार भएको जस्तो देखिएपनि संख्यात्मक रुपमा अवस्था जटिल रहेको बताउनुभयो । उहाँले विभिन्न बहानामा विभेदका घटना कायमै रहेको बताउदै देशभरको अवस्था हेर्दा आगामी दिनमा गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतले स्वयम व्यक्ति,नागरिक समाज,मानव अधिकारको अवस्था लगाएतलाई विश्वसनीय स्रोतका रुपमा लिनुपर्ने बताउनुभयो । कार्यान्वयन तहमा राज्यको निकायले प्रभावकारी रुपमा काम गरे समाजमा हुने जातिय विभेदका घट्ना निर्मुल गर्न सहज हुने बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक राम प्रसाद श्रेष्ठले
जातिय भेदभाव सम्बन्धिका उजुरी तथा जाहेरी प्रहरीमा न्युन आउने गरेको बताउनुभयो । पिडितको जाहेरी ,प्रहरी प्रतिबेदन र ठाडो उजुरीमार्फत न्यायका लागि प्रहरीले अनुसन्धान गर्ने गरेको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले जातिय विभेद तथा छुवाछुतको अन्त्यका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।उहाँले विभेदरहित समाज निर्माणका लागि स्वयम् व्यक्ति योग्य हुनुपर्ने धारणा राख्नुभयो ।

दलित समुदाय भित्र नै विभेदको अन्त्य हुन नसकिरहेको अवस्थामा सबै दलित समुदाय एकजुट हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द« बहादुर डाँगी,नेपाली कांग्रेसका राजु आचायर्,नेकपा माओवादी केन्द«का डिल्ली अधिकारी,नवजागरण महिला तथा बालबालिका संरक्षण केन्द«का अध्यक्ष नवराज लामिछाने लगाएतले जातिय विभेदका घट्नामा संलग्नलाई कुनैपनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन् । कानुनी व्यवस्थाको पुर्ण रुपमा कार्यान्वयन गरि पिडितलाई न्याय र पिडकलाई कार्वाही गरे यस्ता घट्नाहरुमा कमि आउने उनिहरुले बताएका छन् ।

देशभर दलित समुदायमाथि भएका घटनाहरूको बारेमा दलित सेवा संघ दाङका कार्यक्रम संयोजक छवि परियारले प्रतिवेदन पेश गर्नुभएको थियो । अधिकारकर्मी निर्मल नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका जिल्ला सदस्य पविता विश्वकर्माले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संघका अध्यक्ष युवा कराराले गर्नुभएको होे ।

लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक-पटक सार्वजनिक घोषणा भएका छन् । तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार