२०८२ माघ २९ गते बिहिवार

तपाईको आजको राशिफल



दाङ,२२ जेठ।

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समय अलमल जस्तो देखिन्छ । तपाईको सोच अनुसार सफलता पाउन अप्ठेरो होला । समयलाई व्यवस्थापन गर्न नसक्दा समस्या आउला । अरुको भरमा रहदा समस्या आउने देखिन्छ । स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला । रमाईलो जमघट हुनेछ । मनोरन्जनमय समय रहेको छ । आफनो कमजोरी लाई सुधार गर्नुहोला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आर्थिक खर्चमा केहि बृद्धि रहने समय रहेको छ । समय अनुसार चल्ने प्रयास गर्नुहोला । आफन्त तथा छरछिमेकिमा केहि असमझदारी बढने समय रहेको छ । दौडधुप रहने समय रहेको छ । प्रयास बाट कार्यमा पूर्णता लिन सकिन्छ । केहि कामको लागि यात्रा हुनेछ । घर बाहिरको कार्य बाट लाभ उठाउन सकिन्छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आम्दानी बढाउने समय छ । कृषि क्षेत्रमा लागेका व्यक्तिहरुको सफलता छ । पार्टनर कार्यमा सावधानी अपनाउनु होला । परिश्रम अनुसार कार्यमा सफलता लिन अप्ठरो रहेता पनि प्रयास गर्दा ठिकै छ । अनावश्यक खर्चमा बृद्धि रहने समय देखिन्छ । नयाँ कामको योजना बाट कार्यमा सफलता देखिन्छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कामको राम्रो मुल्य उठने समय छ । नयाँ कामको थालनी गर्ने समय छ । तपाईको मेहनतको प्रतिफल राम्रो रहनेछ । आफुलाई प्रयोग गर्ने बिभिन्न भौतिक सामाग्री जोडने समय छ । व्यापार व्यवसायमा सफलता छ । आफन्तको साथ र सहयोग रहनेछ । अग्रज व्यक्तिहरु सग भेटघाट बढने छ ।

शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
समाजमा तपाईको भूमिका सफलता रहनेछ । सानो प्रयास बाट कार्यमा अवश्य सफलता छ । केहि जिम्मेवारी वहन गर्ने समय रहेको छ । व्यापार व्यवसाय गरेका लाई सफलता रहने समय छ । एकै कार्य बाट दोहोर फाईदा लिने समय रहेको छ । तपाईको कामको प्रंशसा बढने समय देखिन्छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कार्यमा ढुक भएमा अवश्य सफलता छ । अरुको कार्यमा बढि समय दिनु पर्ने देखिन्छ । विगतका गल्ति कमजोरीले कार्यमा केहि ढिलाई हुनेछ । घरका स सानाना कार्यमा अलमल बढि हुनेछ । नयाँ कार्यमा हात हाल्नु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । दैनिक कार्यमा लगनशीलता दिदा सफलता छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कार्यमा हतार गर्दा केहि समस्या आउला । आफन्तमा केहि असमझदारी बढने समय छ । घर परिवारको साथ र सहयोग बाट कार्यमा सफलता आउला । प्रेम तथा मित्रता क्षेत्रमा सफलता आउला । भौतिक सामाग्री जोडने समय रहेको छ । अतिथि भएर जानु पर्ने समय छ । व्यापारमा ठिकै रहला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको मेहनत बाट कार्यमा अबश्य सफलता रहने समय छ । तपाईको दैनिक कार्यमा केहि परिवर्तन आउने समय देखिन्छ । पहिले तपाईको नराम्रो सोच्नेले पनि साथ सहयोग दिने समय देखिन्छ । बिगतको कार्यको केहि लाभ आउने छ । आत्मा बिश्वास बाट कार्यमा सफलता आउने समय देखिन्छ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
कुनै पनि कार्यमा सोच बिचार गरेर अगाडि बढदा सफलता रहने समय छ । आम्दानीका स्रोत साधन बढने समय देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । आफनो व्यक्तित्वमा निखार पन ल्याउन सकिन्छ । नयाँ समाचार सुन्नु पर्ने दिन छ । लगनशीलताले जीवन शैलीमा परिवर्तन गर्न सकिन्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
पार्टनर तथा साझेदारी काममा समस्या आउने समय रहेको देखिन्छ । नयाँ काममा अगाडि बढनु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । दैनिक कार्यमा निरन्तरता दिदा सफलता रहने समय छ । आफनो भन्दा अरुको कामको लागि सहयोगी हुने समय रहेको हुदा काम लाई व्यवस्थापन गर्नुहोला ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
सोचेको काममा प्रतिफलता रहनेछ । बिगतमा रोकिएका कामहरु बन्ने समय छ । व्यापार व्यवसायमा सफलता रहने छ । आम्दानी बढने समय रहेको छ । तपाईको मेहनत बाट आफनो दैनिक कार्यमा परिवर्तन हुने समय छ । काममा व्यवस्थता रहने समय रहेको देखिन्छ । प्रतिस्पर्धामा समस्या आउला ।

मीन(दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
तपाईको कामको आलोचना हुने समय रहेको देखिन्छ । बोलिको फरक अर्थ लाग्ने समय रहेको छ । आर्थिक अभावको महशुस हुने समय रहेको देखिन्छ । पहिलेका कार्य बाट लाभ रहने समय छ । मान सम्मानमा समस्या आउला । आफन्तको सल्लाह सुझाव लाई मध्यनजर गरेर अगाडि बढनु होला ।

वास्तु ज्ञान

पूर्वी दिशामा बनेको गेट पश्चिम दिशाको पर्खाल भन्दा अग्लो हुनुहुँदैन ।पूर्वीमुखि ग्रहको लागि चारैतिरको पर्खाल अग्लो हुनुहुँदैन । ग्रहको मुख्यद्धार सडकबाट देखिनुपर्छ नत्र दुष्परिणाम हुनेछ । पूर्वी दिशामा बनेको गेट पश्चिम दिशाको पर्खाल भन्दा अग्लो हुनुहुँदैन । यसले सन्तानलाई हानी हुन्छ । त्यसैले पूर्वी दिशामा बनेको गेट पश्चिम दिशाको पर्खाल भन्दा होचो हुनुपर्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार