२०८१ कार्तिक १७ गते शनिवार

राष्ट्रिय जनमोर्चा दाङले बुझायो तीन पालिकामा ज्ञापनपत्र



दाङ, २२ जेठ ।
राष्ट्रिय जनमोर्चा दाङले तीन पालिकामा ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचार र अनियमिततालाई पूर्ण रुपमा बन्द गर्न, नागरिकमैत्री प्रशासन संयन्त्र निर्माण गर्न, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता नागरिकका आधारभुत आवश्यकता परिपुर्ती गर्न, किसानहरुलाई सिंचाईसहित समयमै मल तथा बिउको ब्यवस्था लगायतका माग गदै मोर्चाले ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष ऋषीराम पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ दाङका सदस्य नारायण प्रसाद भण्डारी, युवक संघ तुलसीपुर नगर समितिका अध्यक्ष विजय सुवेदीलगाएतका प्रतिनिधिहरुले दाङको शान्तीनगर, दंगिशरण र बबई गाँउपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।

प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहन रोकी स्थानीय नागरिकको अधिकारको सुनिश्चित गर्न आर्थिक विकासमा टेवा पुर्‍याउनुपर्ने, भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधान गर्नुपर्ने, हाइड्यामहरुको निर्माण गरी सिंचाई र खानेपानीका मुहानहरुको संरक्षण गर्नुपर्ने, लमही तुलसीपुरको बाटोलाई चारलेन बनाउनुपर्ने, सरकारी कार्यालहरुमा विचौलियाहरु निषेध गर्नुपर्ने, किसानलाई मल, बिउ तथा कृषि सामाग्रीहरुमा साहूलियत प्रदान गर्नुपर्ने, विकासे योजनाहरु नागरिकले अनुभुती गर्ने हिसाबले तय गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।

यस्तै महिला हिंसा तथा जातीय बिभेदका विरुद्ध सचेतना फैलाउनुपर्ने, साना तथा मझौला उद्योगहरु संचालन गर्नुपर्ने, स्थानीय सरकारले लोकसेवा, शिक्षक सेवा र अन्य प्राविधिक विषयहरुमा न्यून शूल्कमा तयारी कक्षाहरु संचालन गर्नुपर्ने, नागरिकलाई स्वास्थ्य बिमा र स्वास्थ्य सेवा सहजरुपमा उपभोग गर्न पाउने वातावारण निर्माण गर्नुपर्ने उल्लेख छ ।

यस्तै सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने, जडिबुटी तथा आर्गेनिक वस्तुको उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने र बन पैदावर तथा काठहरु जंगलमा सड्ने र उपभोक्ताहरुले महङ्गो मुल्यमा विदेशी काठ प्रयोग गर्नुपर्ने बाताबरणको अन्त्य गर्नुपर्ने कुरा ज्ञापनपत्रमा समेटिएको छ । राष्ट्रिय जनमोर्चाले लगातार रुपमा देश र जनताको पङ्तिमा रहेर सरकारलाई खबरदारी र नागरिकलाई सचेत बनाउदै आइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार