२०८१ जेष्ठ ३१ गते बिहिवार

दाङमा अटो र बस ठोक्किए,तीन जनाकाे अवस्था गम्भिर



दाङ, २६ जेठ ।
दाङमा अटो र बस ठोक्किदा पाँच जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर-७ शान्तिपार्क चौकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिदाँ अटोमा सवार ५ जना घाइते भएका हुन्।

घाइतेहरुलाई उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइतेहरुको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार