२०८१ माघ ६ गते आइतवार

ज्ञानोदय स्कुलका विद्यार्थीले गरे भाइरल झोलुङ्गे पुल परिसर सरसफाई 



तुलसीपुर,२७ जेठ ।

दङ्गिशरण गाउँपालिका- २ सरुवाडाँडा मा रहेको ज्ञानोदय ईंग्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरुले भाइरल झाेलुङ्गे परिसर सरसफाइ गरेका छन् ।

तुलसीपुर-११ मोतिपुर र दङ्गिशरण गाउँपालिका-२ लाई जोड्ने भाइरल झोलुङ्गे पुल वरपर सरसफाइ गरेका हुन् ।

पछिल्लो समय सामाजिक संजाल मार्फत भाइरल भएको उक्त स्थानमा दैनिक तीन सय बढि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

बबई नदिमा बनेको उक्त झोलुङ्गे पुलमा टिकटक बनाएर रमाउने गरेका छन् । एकदमै सुन्दर ठाँउ आन्तरिक पर्यटकको आगमनले फोहोर बन्दै गएपछी ज्ञानोदय ईंग्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरुले सामाजिक विषयको परियोजना कार्य अन्तरगत शनिबार सरसफाइ गरेका छन् ।

विद्यार्थीहरुको चौतर्फी विकासका निमित्त विभिन्न समयमा सिर्जछ क्रियाकलाप गर्दै आएको र विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व वहन गर्न सिकुन भनेर सामाजिक काममा अग्रसर हुँदै आएको  प्रधानाध्यापक दुर्गा खड्काले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार