२०८१ साउन ५ गते आइतवार

तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना,तीन जना घाइते 



तुलसीपुर, ३० जेठ ।

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि एक जना गम्भीर घाइते छन्, भने चालकसहित अन्य तीन जना सामान्य घाइते छन् । घाइतेहरुको पहिचान खुलेको छैन् ।

मंगलबार बेलुका ५ बजेतिर काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस बिग्रिएर रोकेको ट्रकमा ठोक्किन जाँदा दुर्घटनामा परेको हो । बस मंगलबार राति ११ बजेतिर दुर्घटनामा परेको हो ।

घाइतेहरुको चौराह अस्पतालमा उपचार भइरहेको छ । सोही गाडीका चालक तुलसीपुर १२ निवासी २८ बर्षीय सुवास रावत सामान्य घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार