२०८२ फाल्गुन ४ गते सोमवार

चक्कु प्रहारबाट गम्भीर घाइते खडकाकाे उपचारका क्रममा मृत्यु



तुलसीपुर, ३१ जेठ ।
धारिलाे हतियार चक्कु प्रहारबाट गम्भिर घाइते भएका तुलसीपुरका एक युवककाे मृत्यु भएकाे छ ।

हिजाे बुधबार बिहान साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-४ मजुवा ठुलाखाली चोकमा बसीरहेको अवस्थामा २/३ जनाको समुहमा आएका युवाहरुको समुहले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भिर घाइते भएका तुलसीपुर -४ निवासी २४ वर्षीय गोरखलाल खड्काकाे उपचारका क्रममा मृत्य भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाका अनुसार चक्कु प्रहारबाट गोरखलाललाई ढाडमा गहिरो चोट लागेको थियाे।गम्भिर घाईते गोरखलाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको थियाे । त्यहाँपनि उपचार सम्भव नभएपछि खडकालाइ भारतकाे लखनउ रिफर गरिएकाे थियाे। लखनउमा उपचारकै क्रममा बुधवार साँझ ७ बजेतिर मृत्यु भएकाे उहाँले जानकारि दिनुभयाे ।

मृतक खडकाकाे शवलाई राप्ती प्रादेशिक अस्पतालमा पाेष्टमाटम गरेर परिवारलाई बुझाइएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार