२०८१ माघ १२ गते शनिवार

आजदेखि भन्ज्याङ-बबई सडक सात दिनका लागि बन्द



दाङ, ३२ जेठ ।
राप्ती राजमार्ग अन्तरगत भन्ज्याङ-बबई सडक सात दिनका लागि ठुला मालवाहक सवारीका साधनकाे आवागमन  बन्द हुने भएको छ  । सडकमा बेसकाे काम गर्नका लागि ठुला मालवाहकका सवारी साधनलाई आवागमनमा राेक लगाइएको हाे ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले जेठ ३२ देखि असार ६ गतेसम्म ठुला मालवाहक साधनकाे लागि आवागमन बन्द गरिएकाे जानकारी दिनुभयो । साे समयमा साना सवारीका साधन बस,मिनिट्रक,जिप तथा माेटरसाईकल भने नियमित सञ्चालन हुने उहाँले जानकारी दिनुभयाे ।

वैकल्पिक मार्गका रूपमा ठुला मालवाहक  साधनका लागि अमेलिया-लमही र घाेराही-तुलसीपुर  सडककाे प्रयोग गर्न सकिने  सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार