२०८१ माघ १० गते बिहिवार

आफ्नै घरकाे पानी ट्याङ्कीमा डुबेर एक जनाकाे मृत्यु



दाङ,१ असार  ।

दाङमा पानी ट्याङ्किमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गाेलाैरा निवासी ७० बर्षिय शान्ताकुमारी देबकाेटा  रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घर नजिकै आफैले बनाएकाे पानी ट्याङ्कीमा  हिजाे (शुक्रबार) राती साढे १० बजेतिर उहाँलाई डुबेकाे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटनास्थलमा पुगेकाे प्रहरीले पानी ट्याङ्कीमा देबकाेटालाई मृत अवस्थामा फेला पारेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।

 देबकाेटाकाे शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि परिवारले बुझेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार