२०८१ साउन ५ गते आइतवार

प्लस टु सञ्चालनको चौथो वर्षमा गुरुकुल : लक्ष्य अनुसार विद्यार्थीको सफलता



दाङ,३ असार।

पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमी विज्ञान तथा व्यवस्थापन विषयमा अब्बल बन्दै गइरहेको छ । वि.सं. २०७८ सालबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी तेस्रो वर्षमा अब्बल बन्दै जाँदा विद्यार्थी तथा अभिभावकहरूको अत्यधिक रोजाईमा पर्ने गरेको छ ।

शिक्षाको हिसाबले हेर्ने हो भने दाङमा धेरै विद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पर्धा पनि उत्तिकै रहेको छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागी परेका छन् ।

एउटा बालकलाई पूर्ण मानव बनाउने उद्देश्यका साथ सञ्चालनमा आएको गुरुकुल एकेडेमीले सैद्धान्तिक शिक्षा मात्र नभएर व्यावहारिक शिक्षा प्रदान गर्दै प्रविधिमैत्री शिक्षातर्फ जोडिरहेको छ ।

वि.सं.२०७८ सालबाट विज्ञान तथा व्यवथापन विषय सुरु गरेको गुरुकुल एकेडेमीले विद्यार्थीहरूको क्षमता वृद्धिका लागि प्रत्यक्ष अवलोकन तथा व्यवहारमुलक सिपलाई प्राथमिकता दिँदै आइरहेको छ । मुलतः अधिकांश विद्यालयमा प्लस टु सञ्चालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु सञ्चालन गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो ।

गुरुकुल एकेडेमीले विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमा मात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था पनि स्कुलले गरेको छ । विद्यार्थीहरुको लागि आवश्यकताअनुसार शैक्षिक भ्रमण, उद्योग भ्रमण ,व्यवसायिक क्षेत्र भ्रमण गराउँदै आएको छ । शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने कुरालाई आत्मसात् गर्दै घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्नका लागि जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको हो ।

शैक्षिक सत्र २०८० बाट गुरुकुल शिक्षण विधि गुरुकुल शिक्षण पद्धति नामक शिक्षण विधि सञ्चालनमा ल्याएको छ । जसले गर्दा विद्यार्थीहरुलाई अध्ययन गर्न निकै सजिलो भएको विद्यार्थीहरूले बताएका छन् ।

‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र विद्यालयको अत्यधिक मेहेनतले गुरुकुल जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ । गत बर्ष विज्ञान तथा व्यवथापन संकायमा कक्षा ११ मा मात्र १३० विद्यार्थी भर्ना भएका छन् ।

पूर्ण मानव बनाउने मूल उद्धेश्यका साथ डाक्टर र इन्जिनियर र शैक्षिक व्यक्तित्वहरू मिलेर वि.सं.२०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले २०७८ सालमा प्लस टु सञ्चालन गरेको हो । मुलतः अधिकांश विद्यालयमा प्लस टु सञ्चालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु सञ्चालन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

इन्टरनेटको माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा डिजिटल बोर्डहरू राखिएको छ । प्लस टुको लागि छुट्टै सुविधा सम्पन्न भौतिक पुर्वाधार रहेको छ । एस्.ई.ई पछि काठमाडौँ लगायतका ठुला शहरमा जानै नपर्ने गरी गुरुकुलले प्लस टुलाई अगाडि बढाइरहेको छ । पढाइमा मात्र नभएर अनुशासनमा पनि विद्यालय अगाडि बढेको छ ।अनुशासनबाट बाहिर रहेर अनुशासनहिन भएका आफ्ना बालबालिकाको भबिष्य बिग्रिन्छ कि भन्ने नकारात्मक सोचमा भएका अभिभावकलाई गुरुकुलले पूर्ण मानव बनाउने र उत्कृष्ट अङ्क सहित विद्यार्थीको भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।

देशका बिभिन्न ठुला शहरहरुमा हुने शैक्षिक सुबिधा र बातावरण दाङमा रहेको गुरुकुलले पनि सृजना गरेको छ तसर्थ काठमाडौँ लगायत अन्य ठाँउमा जान पर्ने छैन । विद्यालयले साविक राप्ति अञ्चलका दाङ सहित ५ जिल्लालाई शैक्षिक हव बनाउने उद्धेश्य राखेको छ । विद्यालयले पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापहरू हर्स राइडिङ , स्विमिङ , फुटबल ,बास्केट बल , भलिबल , लगायतका खेलहरू दक्ष प्रशिक्षकबाट प्रशिक्षण पनि दिँदै आएको छ । फरक शिक्षण विधिबाट जीवन उपयोगी, व्यवहारिक शिक्षामा जोड दिँदै आएको गुरुकुल एकेडेमीले वर्तमान शिक्षाबारे एउटा बहस समेत सिर्जना गरिदिएको छ । जसको फलस्वरुप प्लस टु सम्मका कक्षा सञ्चालनमा छन् । प्लस टु कक्षा मै उच्च शिक्षाका लागि मेडिकल र इञ्जिनियरिङ सङ्कायमा शैक्षिक तयारी कक्षा सञ्चालन गर्ने गरी काठमाडौँका नेम र पिइए जस्ता शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरिएको छ । जहाँ गुरुकुलमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले इन्ट्रान्स कक्षाहरू तयारी गर्ने अवसर पाउनेछन् ।

गत बर्ष अध्ययन गरेका मध्ये अधिकांश विद्यार्थीहरुले विभिन्न चिकित्सा विज्ञान अध्ययन क्याम्पसमा, पुल्चोक इन्जिजियरिङ क्याम्पस र उच्च शिक्षाका लागि देश बाहिरका विभिन्न क्याम्पसहरूमा छात्रवृत्तिमा नाम निकालेका छन् । गुरुकुलले शिक्षण सिकाईका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै शैक्षिक अवार्ड समेत प्राप्त गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय शिक्षाका लागि आवश्यक पूर्वाधार पूरा गर्दै आइएसओ, आइएस ए,ग्लोबल कम्पीटेन्सी जस्ता अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गरिसकेको छ । त्यस्तै ब्रिट्रिस काउन्सीलले प्रदान गर्दै आएको आइ एस ए अवार्ड विद्यालयले सन् २०१६ देखि २०१९ र २०२० देखि २०२२ मा गरी दुई पटक प्राप्त गरेको छ ।

शिक्षाका लागि आवश्यक सबै मापदण्ड र सूचकहरू पूरा गर्दै विद्यालयले शैक्षिक मान्यताका महत्त्वपूर्ण अवार्डहरू प्राप्त गरेको छ ।विद्यालयले २०८० सालको एस्.ई.ई.परीक्षामा सर्वोत्कृष्ट नतिजा ४.०० जिपिए समेत प्राप्त गरिसकेको छ। ‘शिक्षामा अन्तर्राष्ट्रिय स्तरको तोकिएको मापदण्ड अनुसारको शिक्षा प्रदान गर्न थुप्रै आधार तयार भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार