२०८१ माघ १० गते बिहिवार

तुलसीपुरमा ट्याक्टर र माेटरसाईकल ठाेक्किदा एक जना घाइते



फाइल तस्बिर

दाङ,३ असार  ।

तुलसीपुरमा ट्याक्टरकाे ठक्करबाट एक जना घाइते भएका छन् । आईतवार साझ पाैने ९ बजेतिर तुलसीपुरबाट  घोराहितर्फ जाँदै गरेको रा७प ७९२१ नम्बरकाे  मोटरसाइकल र  बिपरीत दिशाबाट आइरहेको रा१त ३०३८ नम्बरकाे ट्याक्टर तुलसीपुर-६ हात्तीखाैवामा एक आपसमा ठाेक्किदा माेटरसाइकल चालक घाइते भएकाे  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 घाइते हुनेमा रुकुम पश्चीमकाे  त्रीबेणी गाँउपालिका- २ का ४० वर्षका  लोक बहादुर बुढाथोकि रहेकाे  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।

घाइते बुढाथाेकीकाे बाया खुटा भाचियको छ भने बाँया हातमा पनि चोट रहेकाे छ । उहाँकाे उपचार भैरहेकाे र अवस्था मध्यम रहेकाे प्रहरीले  जनाएकाे छ।

 ट्याक्टरसहित ट्याक्टरका चालक तुलसिपुर-७ का जुजमान चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार