
दाङ, ६ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सिमलखुटी गाँउ तुलसीपुरको मुख्य बजारबाट करिब २० किलोमिटर टाढाको दुरीमा पर्छ ।
तुलसीपुर अमेलिया सडक हुँदै फूलबारी, तुई रनियापुर, बराहखुटीको सडकबाट एउटै खोला अर्थात तुईखोला ६ ठाँउमा तरेपछि आउने ठाउँ हो सिमलखुटि गाउँ । यो गाँउमा चौधरी, मगर,विश्वकर्मा र महताराहरुको वस्ती छ जसमध्ये महताराहरुकोे वस्ती अलि वाक्लो छ ।
उनिहरु अधिकांश सल्यानबाट बसाईसराई गरेर आएका छन् । यही गाउँमा पर्छ निर्मला महताराको घर । निर्मलाको माईतिघर सल्यानको वाङगेलाँखुरीमा हो । १० वर्ष अघि सिमलखुटिका बसन्त महतारा संग निर्मलाको विहेवारी भयो । विहेवारीपछि उहाँहरुको घर गृहस्थी राम्रै चलिरहेको थियो । विवाह भएको तीनवर्षपछि उहाँका श्रीमान कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भएपछि सात वर्षदेखी कारागारमा कैदि जिवन बिताइरहनु भएको छ । उहाँहरुका सन्तान भने छैनन् ।
हुने हार दैव नटार भने झै त्यसपछि निर्मलाका दुःखका दिन शुरु भए । श्रीमान-श्रीमती मिलेर भविष्यको योजना बुन्ने समयमा श्रीमान घरमा नभएपछि खेतिकिसानी गरेर दैनिक चलिरहेकै थियो ।
गएको बैशाख ४ गते चैते दशै थियो । निर्मला माईति घरमा नगएको पनि केहि समय भैसकेको थियो । दशैमा माईत जाने सोच भएपछि उहाँ घरमा दशैको टिका लगाएर सल्यान जाने तयारी थियो । तुलसीपुरसम्म पुग्न गाडीको प्रतिक्षामा घर नजिकैको बाटोमा घण्टाैँ समयसम्म गाडिलाई पर्खनुभयो ।
अन्य दिनहरुमा समेत छिटपुट गाडी पाइने गथ्र्यो । दशैँकै दिन भएकाले उहाँले त्यो दिन गाडी पाउनुभएन् । त्यसपछि उहाँ माईतिघरमा पुगेर दशैँ मनाउने आशालाई बिट मारेर पुनः घरतिरै फर्कनुभयो । निर्मलाको घर र सुसरा बुवाको घर सडकमाथिको डाँडोमा जंगल नजिकै संगै छन् ।
घरमा १२ वटा बाख्रा थिए । ससुराबुवाको घरमा पनि गाईबस्तु । त्यसपछि निर्मला बाख्रा लिएर अघिपछि जस्तै घर नजिकैको जंगलमा बाख्रा चराउन जानुभयो ।
गर्मियाम भएकाले जंगलमा आगो लागेको थियो । जंगल नजिकै खरले छाएका घरहरु भएकाले स्थानीयहरु सचेत थिए । अपसोच, जे नसोचेको त्यहि भएर छाड्यो । निर्मलाको घर पछाडी बाँसको ठुलो घारमा जंगलमा लागेको आगो सल्कीयो।
त्यहि बाँसको घारबाट सल्कीएको आगोले निर्मलाको ससुराबुवाकोे एकतले खरले छाएको घर क्षणभरमै खरानी भयो । घरमा भएका अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भए । सोही आगोले संगै रहेको निर्मलाको घरलाईपनि बाँकी राखेन।
आगलागि भएपछि गाँउलेहरु तत्कालै जुुटे तर केहि सिप चलेन् । हेर्दाहेदै निर्मलाको घर र गोठपनि जलेर सखाप भयो । घरमा राखेको २५ मुरी धानसहित सबै अन्नपात र लत्ताकपडा जलेर खरानी भयो । गाईबस्तु चराउन लगेकाले केहि हुन पाएन् ।
मानवीय क्षति पनि हुन पाएन् । लाखाैँको धनमालको क्षति भयो । त्यसपछि निर्मला र उहाँको ससुरा बुवाको परिवारमा बस्ने बास भएन् अनि खाने गासको समस्या भयो ।
विभिन्न स्थानबाट सहयोग सामग्री जुट्यो, गाँउलेहरुले सहयोग गरे । निर्मलाको परिवार विपन्न रहेको जानकारी पाएपछि लायन्स क्लव दाङ क्यापिटलले घर बनाइदिने घोषणा गर्याे ।
यो खवरले निर्मलाको परिवारमा खुशी छायो । घोषणा अनुसार दुई महिना भित्रै निर्मलाको लागि क्लवले स्थानीय सरकार र विभिन्न अभियान्ताहरुको समन्वयमा एकतले जस्तापाताले छाएको घर निर्माण सम्पन्न गरेर बिहिबार निर्मला महतारालाई हस्तान्तरण गरिएको छ ।
क्लवका अध्यक्ष दिपक केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्मित भवनको साँचो बुझाएर हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष पौडेलले वडावासीको सुखदुःखमा वडा सरकार संगसंगै रहेको बताउनुभयो । वडाको तर्फवाट निर्मलाको घर निर्माणका लागि जस्तापाता उपलब्ध गराएको उहाँले बताउनुभयो ।
सो क्षेत्रमा घरले छाएका अधिकांश घरहरु रहेका छन् । चालुवर्षमा मात्रै ३३ घरमा खरको छाना हटाएर जस्तापाता लगाएको अध्यक्ष पौडेलले बताउनुभयो । बाँकी रहेका ६० भन्दा धेरै घरहरुमा आगामी वर्षको बजेटबाट वडालाई खरको छानोमुक्त वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
लायन्स क्लव दाङ क्यापिटलका द्वितिय उपाध्यक्ष डम्बर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी लगायतले क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियाे। हस्तान्तरण कार्यक्रमको सहजिकरण क्लवका सचिव प्रकास भुषालले गर्नुभएको थियो । क्लवले यसअघि पनि विभिन्न स्थानमा सामाजिक कामहरु गर्दे आएको छ ।