२०८२ असार ३ गते बुधवार

ठडियो श्रीमणी आचार्यको शालिक, अनावरण असार ८ गते



तुलसीपुर,७ दाङ ।
स्वर्गीय श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ ।

शैक्षिक तथा बाम आन्दोलनका अथक योद्धा आचार्यको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडास्थित बन्न थालेको श्रीमणी पार्कमा शालिक अनावरण गरिदै छ ।
असार ८ गते शनिबार विहान ७ बजे कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको श्रीमणी आचार्य शालिक निर्माण उपभोक्ता समितीका सचिव हरी प्रसाद वलीले जानकारी दिनुभयो । शालिक अनाबरण कार्यक्रममानेकपा एमालेका महासचिव शंकर पोखरेल,कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी,माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सभाका सदस्य धन बहादुर मास्की लगायतको सहभागिता रहने छ ।

शालिक अनाबरण कार्यक्रममा झण्डै ४ हजारको सहभागिता हुने जनाइएको छ । अहिले शालिक राख्ने काम पनि सकिएको छ भने कार्यक्रम स्थलमा सरसफाई लगायतका कामहरु सकिएको छ ।

यसैविच श्रीमणी आचार्य शालिक निर्माण समितीका अध्यक्ष घमण्ड बहादुर मल्ल र सचिव हरी प्रसाद वलीले उपस्थितीको लागि सबैमा अनुरोध गरेका छन ।

शालिक राखिएको स्थानलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले बताउनुभयो।

श्रीमणी पार्कका रुपमा विकास तथा विस्तार गरि आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरि काम गरिने वडाध्यक्ष रावतले जानकारी दिए । यसका लागि केन्द्र सरकारबाट १ करोड ५३ लाखको बजेट विनियोजन भएको वडाध्यक्ष रावतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार