२०८२ जेष्ठ ४ गते आइतवार

कैदिबन्दिकाे मानसिक स्वास्थ्य प्रबर्द्धनका लागि याेग ध्यान 



तुलसीपुर,८ असार ।

राप्ती आयुर्वेद चिकित्सालय दाेघरेकाे आयाेजनामा आज (शनिबार)देखि तुलसीपुर कारागारमा  याेग ध्यान कार्यक्रम सुरू भएकाे छ। आफ्नो स्वास्थ्यका लागि आफै जिम्मेवार, याेगका माध्यमबाट स्वास्थ्यमा रूपान्तरण भन्ने केन्द्रीय नितिअनुसार कारागारमा रहेका कैदिबन्दिहरूकाे मानसिक स्वास्थ्य प्रबर्द्धनका लागि अभिमुखिकरण तथा याेगाअभ्यास कार्यक्रम  गरिएकाे हाे ।

राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा.मदन कुमार विसिकाे अध्यक्षता तथा तुलसीपुर कारागार कार्यालयका कारागार प्रसाशक गंगालाल याेगीकाे प्रमुख आातिथ्यतामा याेग ध्यान कार्यक्रमकाे उद्घाटन गरिएकाे छ ।

प्रमुख अतिथि  याेगीले कारागारमा विभिन्न मुद्धामा कैदीबन्दीहरू रहने हुँदा उनिहरूकाे मानसिक स्वास्थ्य प्रबर्द्धनका लागि समय-समयमा यस्ताे कार्यक्रम गर्नुपर्ने आवश्यक्ता रहेकाे बताउनुभयाे ।

उहाँले मानसिक समस्या,कारण,लक्षण र राेकथामका विषयमा जानकारी भएमा मात्रैपनि धेरैजसाे स्वास्थ्य समस्या समाधान हुने बताउनुभयाे ।औसधिमात्र व्यक्तिलाई स्वास्थ बनाउने माध्यम नभएर विचारकाे तरङ्ग र सहि विचारका लागि याेग ध्यान  आवश्यक रहेकाे बताउनुभयाे। याेग ध्यानले शारीरिक  क्रियाशिलता र स्वास्थ्य परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

 आहार,विहार र विचारकाे सन्तुलनले मात्रै स्वस्थ रहन सकिने आयुर्वेद तथा वैकल्पिक चिकाित्सा विभागका वरिष्ठ कविराज खेमराज रिजालले बताउनुभयाे ।

नेपालकाे ४० प्रतिशत जनसंख्यामा कुनै न कुनै  स्वास्थ्य समस्या रहेकाे तथ्याङ्कमा देखिएकाे डा.मदन कुमार विसिले बताउनुभयाे। उहाँका अनुसार जसमध्ये ६६ प्रतिशत जनसंख्यामा नसर्ने राेगकाे समस्या देखिने गरेकाे छ । जसका कारणपनि मानसिक समस्या हुन सक्ने उहाँले बताउनुभयो  । त्यसैले दाङका विभिन्न स्थानहरूमा पनि याेग ध्यानका कार्यक्रम सञ्चालन गर्ने गरिएकाे डा.विसिले बताउनुभयाे ।

दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमकाे प्रशिक्षकहरूमा मानसराेग विशेषज्ञ डा.प्रसान्त बस्नेत र आयुर्वेद तथा वैकल्पिक चिकाित्सा विभागका वरिष्ठ कविराज खेमराज रिजाल रहनुभएकाे छ ।

वरिष्ठ कविराज खेमराज रिजालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण राप्ती आयुर्वेद चिकित्सालयका सूचना अधिकारी डा.कैलाश न्याैपानेले गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २०८१ असार ८ गते शनिवार