२०८१ माघ १२ गते शनिवार

दंगिशरणमा १५ शैय्याकाे आधारभुत अस्पताल उद्घाटन 



दाङ,९ असार ।

दंगिशरणमा १५ शैय्याको आधारभूत अस्पताल संचालनमा आएको छ । दंगिशरण -६ बागरबाट प्राथमिक स्वास्थ्य केन्द्रकाे स्तराेन्नती भएपश्चात आधारभूत अस्पतालमा आज (आइतबार)देखि  सेवा सुभारम्भ भएकाे छ।

 अस्पताल संचालन समिति अध्यक्ष एवम् दंगिशरण गाउँपालिकाका  अध्यक्ष सम्भु गिरीकाे अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीकाे प्रमुख आतिथ्यतामा अस्पतालकाे उद्घाटन गरिएकाे हाे ।

संघिय सरकारबाट विनियोजित  १९ कराेड २० लाख रूपैयाँ रकमबाट घटिघटाउ मुल्य १२ कराेड ६२ लाख रूपैयाँमा भवन निर्माण भएकाे हाे । सरकारले हरेक पालीकामा १५ शैयाकाे आधारभुत अस्पताल सञ्चालन गर्ने अबधारणा अनुसार २०७६ देखि सुरू भएकाे अस्पताल गतवर्ष फागुनमा निर्माण सम्पन्न भएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गिरिले आधारभुत असपतालकाे दिगाे व्यवस्थापनका लागि पालिकाले ध्यान दिनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे-´ पालिका स्तरमा सञ्चालनमा आएका अस्पतालहरूकाे नियमिततामा सरकारकाे भूमिका कस्ताे रहन्छ,यस विषयमा  संसदमा विशेष समय लिएर आवाज उठाउछु`। दंगिशरणमा सुविधा सम्पन्न अस्पतालकाे शुभारम्भ भएसंगै पश्चिम क्षेत्रमा स्वास्थ सेवामा गाैरवकाे विषय रहेकाे उहाँले बताउनुभयाे ।

अस्पताल संचालनमा आएसंगै सामान्य उपचारका लागि तुलसीपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

यस अघि पालिकामा आधारभूत अस्पताल नहुँदा उपचारका लागि तुलसीपुर वा अन्यत्र ठाउँमा जानुपर्ने बाध्यता थियो । अध्यक्ष गिरीले अस्पतालकाे व्यवस्थापनका लागि  स्थानीय सरकारकाे भूमिका संगै प्रदेश  र संघलाई समेत सहयाेगका लागि आग्रह गरिने बताउनुभयाे । स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा पुग्ने सेवाग्राहीलाई मुस्कान सहितकाे सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयाे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पुर्व सदस्यहरू शंकर गिरी  र धमकली चाैधरी,शान्तिनगर गाँउपालिका अध्यक्ष प्रमोद बस्नेत ,बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री लगाएतले अस्पतालकाे सेवा प्रबाहमा ध्यान दिनुपर्ने बताएका थिए ।

अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविन गाैतमका अनुसार   बिरामी भर्ना सेवा, सामान्य शल्य चिकित्सा, बालबालिका,महिला सम्बन्धि उपचार सेवा,भिडियाे एक्सरे,एक्सरे,फार्मेसी,स्वास्थ्यकर्मीसहितकाे २४ घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा आएकाे छ ।

अस्पतालमा अहिले  एमडिजिपि डाक्टर एक र एमविविएस  दुई जना डाक्टरसहित २६ जना स्वास्थ्यकर्मिकाे व्यबस्थापन गरिएकाे दंगिशरण गाउँपालिका  स्वास्थ्य शाखा संयाेजक प्रदीप याेगिले बताउनुभयाे । जसमध्ये ३ जना डाक्टरसहित १६ जना स्वास्थ्यकर्मी संघकाे दरबन्दी रहेकाे छ भने १० जना स्वास्थ्यकर्मी गाउँपालिकाले ब्यवस्थापन गरेकाे छ ।

उहाँका अनुसार यस अघि २०५२ सालमा स्थापना भएकाे प्राथमिक स्वास्थ्य केन्द्र बागरमा २०६५ सालदेखि भने ३ शैय्यामा सञ्चालनमा आएकाे थियाे ।  साेही स्वास्थ्य केन्द्रकाे स्तराेन्नति भई १५ शैय्याकाे आधारभुत अस्पतालका रूपमा  सञ्चालनमा आएपछि स्थानीयलाई सेवा प्रबाहमा सहज भएकाे छ । अस्पताल ५ विगाह ३ कठ्ठा ३ धुर क्षेत्रफलमा रहेकाे छ ।

 दंगिशरणसहित,शान्तिनगर,बंबई गाउँपालिका,सल्यानकाे कालीमाटी गाउँपालिका र राेल्पाबाट समेत विरामी जाँच गराउन आउने गरेकाे अस्पतालका ल्याव टेक्निसिएन निरक्षक दिपकराज वलीले बताउनुभयाे ।

उहाँका अनुसार सबैभन्दा धेरै क्षयरोगका विरामी सेवा लिन आउने गरेका छन् । अन्य स्वास्थ्य संस्थाभन्दा भरपर्दाे सेवा प्रबाह भएकाले क्षयराेगका विरामीकाे चाप बढि रहेकाे उहाँले बताउनुभयाे ।

कार्यक्रममा जग्गादाताहरूलाई समेत सम्मान गरिएकाे छ ।जग्गादाता स्वर्गीय गाेपाल बहादुर थापाकाे सम्झनामा जग्गादान गर्ने श्रीमती जानका थापा,स्वर्गीय खड्क बहादुर डाँगीका श्रीमती  चन्द्रा डाँगि र स्वर्गीय रामबहादुर डाँगीका छाेरी चित्रा बुढाथाेकीलाई सम्मानित गरिएको थियाे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविन गाैतमकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण दंगिशरण गाउँपालिकाका सूचना अधिकारी टेकराज खत्रीले गर्नुभएको थियाे ।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार