२०८१ साउन ५ गते आइतवार

लायन्स र लियाेकाे पद तथा सपथ



तुलसीपुर,२३ असार ।
लायन्स क्लब अफ दाङ र लियो क्लव अफ दाङको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित लायन्स र लियो पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएको हो ।

लायन्स क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष भागवत भट्टराई वर्ष २०२४र२०२५ का अध्यक्ष गोरख ओलि र लियोका सत्यनारायण चौधरीको संयुक्त अध्यक्षता तथा डिस्ट्रिक ३२५ एन का गभर्नर पिएमजेएफ लायन बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वर्ष २०२४र२०२५ मा डिस्ट्रिक ३२५ एन गभर्नरलें गर्ने कार्यक्रम को बारेमा जानकारी दिनु भयो। ३२५ एन अन्तरगत कर्णाली प्रदेश सुदुरपश्चिम र लुम्बिनीका केहि जिल्ला कार्य क्षेत्र पर्दछन् । विश्वभर १५ लाख लायन बनाउने उद्देश्य रहेकोमा नेपालमा मात्र करिब ४० हजार लायन्स भयको डिष्ट्रिक ३२५ एनका क्याबिनेट सेक्रेटरी टीकाजंग बीकेले जानकारी दिनुभयो। ।
कार्यक्रममा लायन्सका पूर्व अध्यक्ष ललितजंग शाह, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगी, लियोका संस्थापक अध्यक्ष ध्रुवराज न्यौपाने , डीलाइट ग्रुपका सिइयो मोहन भण्डारी लगायतकाले समाजमा शिक्षा , स्वास्थय,वातावरण र अन्य प्राकृतिक प्रकोपमा उत्कृष्ट कार्य गर्दै अगाडि बढेको बताउनुभयाे।

कार्यक्रममा  मानव जीवन र बाताबरण संरक्षणको हित र पत्रकारिताको उच्च मूल्याङ्कन गरी प्रभात भण्डारी र टेकराज भण्डारी लाई सम्मान गरिएको थियो।

लायन्सका पूर्व अध्यक्ष भोजराज न्यौपानेकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव कोमल डिसीले गर्नुभएको थियो।
मानव जीवन र बाताबरण संरक्षणको हित र पत्रकारिताको उच्च मूल्याङ्कन गरी प्रभात भण्डारी र टेकराज भण्डारी लाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार