२०८१ असोज १८ गते शुक्रवार

विद्यार्थीलाई संस्कार र सिपमा जोड्दै सगरमाथा बालबाटिका



दाङ, ३१ साउन ।
सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलले विद्यार्थीलाई सिपसंगै संस्कारमा पनि जोड्न थालेको छ । तुलसीपुर-९ बेलुवामा रहेको विद्यालयले बालबालिकालाई दुना टप बनाउने र धार्मिक संस्कारका लागि चाहिने बत्ति कात्न सिकाइरहेको विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले जानकारी दिनुभयो ।

विद्यालयले गत शैक्षिक सत्रदेखि नै बालबालिकालाई दुना, टपरी बनाउने बत्ति कात्न सिकाउन थालेको उहाँले बताउनुभयो ।

विद्यालयमा कक्षा ७ , ८ , ९ र १० कक्षामा अध्ययनरत्त बालबालिकालाई बिहिबार (आज) तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा रहेको लक्ष्मीनारायण मन्दिरमा चलिरहेको महापुराणमा सहभागी गराएर धार्मिक संस्कार समेत सिकाएको उहाँले बताउनुभयो ।

करिब १५० जना विद्यार्थी महापुराणमा सहभागी भएको उहाँले बताउनुभयो । बालबालिकालाई व्यवहारिक सिपसंगै संस्कार सिकाउन महापुराणमा सहभागी गराएको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताउनुभयो ।

विद्यार्थीलाई व्यवहारिक ज्ञान सिप र संस्कार जोड्नका लागि दुना टपरी र बत्ति बनाउन सिकाउने गरेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार