
तुलसीपुर, ७ भदौ ।
उच्च अदालत तुलसीपुरका प्रमुख न्यायधिस नित्यानन्द पाण्डेले पत्रकारले सत्यमा रहेर मात्र कलम चलाउनुपर्ने बताउनुभएको छ । एचआर मिडिया हाउसद्वारा संचालित इगल खबरको पहिलो वार्षिकोत्सवमा उहाँले यस्तो बताउनुभएको हो ।
सुचना एक शक्ति भएकोले सुचनाको दुरुपयोग भएमा ठुलो क्षति बेहोर्नुपर्ने बताउनुभयो । पत्रकारहरु सामाजिक सुधारको अभियानमा लाग्नुपर्ने भन्दै भन्दै समाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक र अन्य क्षेत्रमा हुने बिभेदको अबलम्वन गर्दै र सत्य तथ्य समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिनुुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख भिम योगिले नेपालको व्यवस्था परिवर्तनमा पत्रकारहरुको कलम र विचारले सम्भव भएको बताउनु भयो । उहाले यो राष्ट्र यो देश र समाजका लागि पत्रकारले आफनो उतणतदायित्व सम्झेर झक्झक्याउनुपर्ने र बिकशित कामलाई उजागर गर्नुपर्ने बताउनुभयो ।
कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले पहिरोको जोखिममा परेको कपुरकोट गाउपालिकामा हुने मानविय, भौतिक क्षतिमा मलम लगाउने काम गरेको भन्दै अनुकरणिय अभ्यासमा सहयोग गरिरहेकामो धन्यवाद व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ दाङका सह-सचिव दिप्तिशिखा चौधरी हरेक पत्रकार पत्रकारितामा अशल पत्रकार बन्नका लागि पत्रकारिताको आचार संहिता भित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमन प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी लुम्बिनी प्रदेशका कोषाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस सेन्टरका दिपक बोहोरा,दलित महिला संघका अध्यक्ष युवा करारा,समाजसेवि पदम पोख्रेल, युवा ब्यवसायी दिपक केसि लगाएतले शुभकामना मन्तब्य राख्नुभएको हो ।
एच.आर मिडिया हाउसका अध्यक्ष निमा रानाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका र सहयोग गर्ने ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रमको शहरीकरण इगल खबरका प्रबन्धक निर्देशक एचआर मगरले गर्नुभएको हो ।