
तुलसीपुर, ७ भदौ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको मौलिकता हराउँदै गएको प्रति एक कार्यक्रमका सहभागिहरुले चिन्ता व्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मनकामना टोल विकास संस्थाले आयोजना गरेको तिज मिलन कार्याक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
हरेक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने तिज पर्वमा गाइने गितमा मौलिकता हराउँदै गएको सुमित्रा न्यौपानेले बताउनुभयो । पछिल्लो समयमा खाने परिकार मात्रै नभएर तिजमा गाईने गिहरु पनि परिवर्तन हुँदै गएको उहाँको भनाई छ ।
यस्तै स्थानिय भिमा भुषालले पहिले लामो समयपछि भेट भएका छोरीचेलीहरु जम्मा भएर दुःख बिसाउने गित गाउने गर्दथे तर अहिले त्यो संस्कृति हराउँदै जान थालेपछि जर्गेना गर्न आफुहरु जुटेको बताउनुभयो । वडा सदस्य ओबी केसीले आधुनिकताका नाममा पछिल्लो समय तिज गीतमा विकृती भित्रीएको बताउनुभयो । यसको अन्यको लागि सबै दिदिबहिनीहरुले मिलेर तिजको मौलिकतालाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यापालिका सदस्य गौरी नेपालीले तिज गहना र कपडा प्रदर्शनको रुपमा विकसित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले तिजमा गहना प्रदर्शन गर्ने प्रर्तिसपर्धाले महिलाहरु स्वयम वढि असुरक्षीत भएको महशुस हुने हुँदा तिजलाई गक्ष अनुसार मनाउनुपर्नेमा जोड दिनुभयो ।
तीजको परम्परागत र साँस्कृतिक पक्षलाई बचाउन महिला दिदिवहिनिहरुले थालेको अभियानमा स्थानीय सरकार संगसंगै रहेको वडा अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो । समुदायमा मादल, बासुरी, खैचडीसंगै पुुराना भाका हराउन थालेको बेला संरक्षणमा दिदिबहीनीहरुको भुमिका महत्वपूणर् रहेको उहाँको भनाई छ ।
टोल विकास संस्थाका अध्यक्ष पहल बहादुर खड्काको अध्यक्षता तथा वडा अध्यक्ष सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण निवर्तमान वडा सदस्य राधिका न्यौपानेले गर्नुभएको हो ॥