२०८१ कार्तिक २८ गते बुधवार

नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेश अधिवेशनबाट नयाँ कार्यसमिति चयन



दाङ,८ भदाै ।

नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशकाे साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा आज (शनिबार)संघका अध्यक्ष प्रभात जिसीकाे अध्यक्षतामा भएको अधिवेशनले  कृष्ण बञ्जाडेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

 संघकाे नवनिर्वाचित उपाध्यक्षमा विश्वास भण्डारी,सचिवमा निकिता केसी,कोषाध्यक्षमा सरोज गौतम,सह-सचिवमा तिलक कुमार शाह सर्वसम्मतिले निर्वाचित हुनुभएकाे छ । यस्तै सदस्यहरूमा सन्तोष क्षेत्री,तस्बिर गैरे,सबिन खड्का,सुवेक्षा श्रेष्ठ, विकास कुँवर,सुशान्त ज्ञवाली,सन्दिप गौतम र सुशील कार्की रहेको निर्वाचन समितिका संयाेजक अमित केसीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार