न्युयोर्क
नेपाली महीलाहरुको महान पर्व हरीतालीका तिजको अवसरमा अमेरीकाको न्यूयोर्कमा तिज बिशेष कार्यक्रम हुने भएको छ । प्रदेशमा नेपाली संस्कृतिको संरक्षण गर्न भन्दै राप्ती सेवा समाज न्यूयोर्कको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
नेपाली संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्दै नयाँ पुस्तालाई नेपाली कला संस्कृतिसंग जोड्न तिज बिशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दिपक भट्टराईराईले जानकारी दिनुभएको छ । हरीतालीका तिजको शुभकामना आदान प्रदान गर्दै साविक राप्ती बासीको एकताका लागी कार्यक्रमको आयोजना गरीएको उहाले बताउनुभयो । प्रवासमा रहेर पनि आफ्ना चाड पर्व रितिरिवाज र संस्कृतिको संरक्षणका लागी समाजले भुमिका खेलीरहेको भन्दै नेपाली सँस्कृति झल्कने भेषभुसा सहित नेपाली कलाकारहरुको उपस्थितमा कार्यक्रमको आयोजना गरीएको भट्टराईले जानकारी दिनुभएको छ ।
तिज बिशेष कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक तीलक वली, गायीका आशा पुन मगर, गायक दिपेन्द्र डांगी लगाएतको उपस्थित रहने समाजका सांस्कृतीक संयोजक चन्द्र वलीले जानकारी दिनुभयाे । सेप्टेम्बर ३ मंगलबार तिब्बतियन कम्युनिटि सेन्टर हल उडसाईड न्यूयोर्कमा साझ ६ बजेदेखी २ बजे सम्म हुने कार्यक्रममा दरखाने, एकल तथा सामुहिक नृत्य प्रस्तुती, नेपाली लोक सांस्कृतिक लयमा तिजको प्रस्तुतीहरु रहने वलीले जानकारी दिनुभयो ।
प्रदेशमा समस्यामा रहेका नेपालीहरुको लागी सह्योगको कामहरु गर्दै आएको समाजले समाजद्धारा गरीने हरेक कार्यक्रम सफल बनाउन जिम्मेवारी बांडफाड गर्दै जाने भएको छ । पहिलो चरणमा तिज बिशेष कार्यक्रम संफल पार्न सांस्कृतिक संयोजक चन्द्र वलीको संयोजकत्वमा १२ सदस्यिय समिति गठन गरेको छ भने सदस्यता बितरणका लागी महासचिव बसन्त अधिकारी, सचिव तुल्सीराम वली, कोषाध्यक्ष खिम बहादुर वली र सहकोषध्यक्ष शिशिर रावत लाई जिम्मेवारी दिईएको छ ।