२०८२ फाल्गुन ३० गते शनिवार

सर्पको पहिचान र सर्पदंशबाट बच्ने उपायबारे सचेतना



तुलसीपुर, १४ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले वडाका नागरिकलाई सर्पदंशबाट बच्ने उपाय र सर्पको पहिचानबारे सचेतना प्रदान गरेको छ । वडाले टोल विकास संस्थाका पदाधिकारी एवं प्रतिनिधिलाई शुक्रबार सचेतना कार्यक्रम गरेको हो ।

वडाका नागरिक कसैले पनि सर्पदंशबाट मृत्युवरण गर्नु नपरोस् भनेर टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई सचेतना प्रदान गरिएको वडा अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो ।

उहाँले विषालु सर्प र अविषालु सर्पको पहिचान हुन नसक्दा पनि आम नागरिकले समस्या बेहोर्नुपरेको बताउनुभयो । दाङ नै समग्ररुपमा सर्पदंशको जोखिममा रहेकाले सबै नागरिक यसबाट बच्न सचेत हुनुपर्नेमा वडा अध्यक्ष जिसीले जोड दिनुभयो ।

उहाँले सर्पले टोकेपछि अस्पतालमा पुगेर उपचार गर्नुको साटो झारफुकमा लाग्दा पनि कतिपयले मृत्युवरण गर्नुपरेको पनि बताउनुभयो । सर्पदंशबाट बच्ने उपाय र विषालु र अविषालु सर्पको पहिचानबारे सर्प उद्धारकर्ता वर्षात भण्डारीले प्रशिक्षण गर्नुभएको हो ।

उहाँले सबै सर्प विषालु नहुने र सर्पले टोकेपछि जतिसक्दो छिटो अस्पताल जानुपर्ने बताउनुभयो । कार्यक्रममा करिब ४० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार