२०८१ फाल्गुन ६ गते मङ्गलवार

नेकपा (बहुमत) दाङले बुझायो  प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र



दाङ,१८ भदाै ।

नेकपा (बहुमत) दाङले प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो । भाद्र १६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाईएको दुई बुँदे ज्ञापनपत्र कार्यन्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानााकर्षण पत्र बुझाइएको हाे ।

नेकपा बहुमत पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पुर्वबाट निर्वाचित सांसद डिबि भनिने धन बहादुर केसि लाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै जनप्रदर्शन गरेको थियो।

रुकुम पुर्वबाट प्रदेश सभामा निर्बाचितसांसद  डिवि भनिने धन बहादुर केसी लाई सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गर्दै एक वर्ष कैद दुई हजार जरिवाना तोकीएका ब्यक्ति हुन । उनी अहिले सम्म फरार सूचीमा पर्दै आएका छन् भने मन्त्री बादसाह कुर्मी नेपालगन्जका निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन ।

मन्त्री कुर्मिलाइ गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो। सांसद केसी पक्राउ र मन्त्री कुर्मिलाइ बर्खास्तको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण बुझाइएको दाङ जिल्ला सेक्रेटरी अमर खड्काले जानकारी दिनुभयाे ।

पार्टीले राखेका मागहरु कार्यन्वयनका लागी यहि भदौ २० गते मशाल जुलुश र २१ गतेदेखि लुम्बिनी प्रदेशभर सरकारी सवारी साधनमा रोक लगाउने पाँच नम्बर व्युरो कार्यालयले जनाएको छ ।

देशभर`भष्टाचार बिरुद्ध जनएकता अभियान ´घोषणा गरेको उक्त पार्टीले ५ नम्बर ब्युरोको कार्यतालिका अनुसार आज (मंगलबार)लुम्बिनी प्रदेश भरका प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार