दाङ,२१ भदाै ।
दाङ सल्यान सडक खण्ड अन्तर्गत हर्नेटी हुँदै मुलकोट जाने सडकमा पहिरो जाँदा आवतजावतमा समस्या भएको छ। हर्नेटी हुँदै तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट पुग्ने सडकमा गएरातिको भारी वर्षाले आएको पहिरोले अहिले आवागमन पूर्ण रूपमा ठप्प भएको छ। मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनका अनुसार, पहिरोले विद्युतको पोल ढलेपछि मुलकोटबासी गएरातिदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
आज हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज भएकाले चहलपहल बढि हुने भए तापनि बाटाेमा पहिराेकाे लेदो थुप्रिएपछि पैदलयात्रीहरूलाई समेत सास्ती भएको छ। अध्यक्ष पुनका अनुसार टोल विकास संस्थाका सदस्य कमला ओलीको घर पनि पहिरोको जोखिममा परेको छ।
प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार