२०८२ असार ३ गते बुधवार

सल्यान घर बताउने एक महिला मानव सेवा आश्रमकाे समपर्कमा आफन्तलाई सम्पर्कमा आउन आग्रह 



दाङ, २६ भदौ ।

सल्यान घर बताउने एक महिला मानव सेवा आश्रममा रहेकी छन् । प्रहरीले महिलालाई उद्दार गरेर मानव सेवा आश्रममा पाँच दिन अघि छोडेको आश्रम प्रमुख हिरु जोशीले जानकारी दिनुभयो ।

सल्यान घर बताउने उहाँको उमेर अन्दाजी ७० रहेको उहाँले बताउनुभयो । प्रमुख जोशिले  भेटिएकी महिलाले नाकमा फुलि , कपाल फुलेको, रातो भेष्ट लगाउनुभएको र गहुँगोरो वणर्को रहेकाे प्रमुख जोशिले बताउनुभयो ।

 विगत केही दिन देखि दाङको तुलसीपुर उप-महानगरपालिका वडा नं ५ को सडक पेटिमा बेवारिसे अबस्थामा फेला पर्नुभएकी उहाँलाई मानवसेवा आश्रम दाङ शाखाले उद्वार गरेर अहिले आश्रममा राखिएको छ।

प्रमुख जोशिका अनुसार कहाँदेखि तुलसीपुर आइपुग्नुभएकाे हाे केही बताउन नसक्ने उहाँकाे अवस्था छ । घर कहाँ हो पनि थाहा छैन। कोहि कसैले उहाँ आमालाई चिन्नु भएको भए

 घरसम्म पुर्‍याउनका लागि सहयोग गरिदिन सम्बन्धि सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार