मेष राशि – आज दिन शुभ रहला। आत्मविश्वास वढ्ला। महत्वपूर्ण कार्यसम्पादन होलान्। पारिवारिक सद्भाव बढ्ला।
वृष राशि – आर्थिक मामिलामा सुधार आउला। सामाजिक प्रतिष्ठा वढ्ला। पारिवारिक सन्तुलन कायम रहला।
मिथुन राशि – नयाँ अवसर प्राप्त होला। वैदेशिक यात्राको सम्भावना रहला। सामाजिक, आर्थिक क्षेत्र राम्रै रहला।
कर्कट राशि – व्यक्तिगत प्रयासमा धेरै लाभ होला। परिवारमा खुसीको माहोल बन्ला। सामाजिक कृत्यमा सरिक भइएला।
सिंह राशि – साहसिक कार्यमा सफलता मिल्ला। करियर एवं आर्थिक पक्षमा भने सफलता मिल्ला।
कन्या राशि – स्वास्थ्यमा सुधार आउला। विद्यार्थीको लागि आज दिन उत्साहपूर्ण रहला। अनावश्यक खर्च वढ्ला।
तुला राशि – साहस र आत्मविश्वास बढ्ला। कार्य क्षेत्रमा जिम्मेवारी थपिएला। पारिवारिक सुख मिल्ला।
वृश्चिक राशि – आज मध्यम फलदायी दिन रहला। सामाजिक आकर्षण भने वढ्ला। महत्वपूर्ण कार्य सम्पादन हुनेछन्।
धनु राशि – यात्रा एवं स्वास्थ्यमा ध्यान राख्नु पर्ला। अन्य क्षेत्रमा सफलता मिल्ला। बन्धुको सहयोग पाइएला।
मकर राशि – सामाजिक कार्यमा मन लाग्ला। आत्मविश्वास वढ्ला। व्यवसायिक सफलता मिल्ला।
कुम्भ राशि – साथीभाइसँगको सम्बन्धमा सुधार होला। आत्मविश्वासले गरिएका कार्य सजिलै सफल होलान्।
मीन राशि – आर्थिक पक्ष बलियो हुनेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिएला। स्वास्थ्यमा ख्याल राख्नु पर्ला। अध्ययन भने राम्रो रहला।
—
वास्तु टिप्स – पूर्वमुखी व्यवसायमा कुन कुरा कता राख्ने?
साहुँजी जहिले पनि उत्तरमुख फर्केर बस्ने वा नमिले पूर्वमुख वस्ने। ग्राहक डिल गर्दा दक्षिण वा पश्चिम फर्कने बनाउने।पैसा राख्ने घर्रा उत्तर खुल्ने बनाउने।पैसा राख्ने घर्रामा अन्य कागजात, चावी वा कुनै पनि बिल आदि नराख्ने।नैऋत्य कुनामा मेन साहुँजी बस्दा अझै उपयुक्त रहन्छ।पूजा स्थल ईशान वा उत्तर वा पश्चिम उत्तर बनाउने।दियो बाल्दा जहिले पनि पूर्व वा उत्तर दिशामा फर्काएर बाल्ने।विजुलीसँग सम्बन्धित सामान पूर्व दक्षिण कुनामा राख्ने।छिटो बेच्ने सामान पश्चिम उत्तरमा राख्ने।भारी सामान दक्षिण हुँदै पश्चिमभरि राख्ने।
ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
फोन: ९८४८०६०७९९