२०८२ असार ३ गते बुधवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक ३ गते शनिबार



मेष राशि: सभा-समारोहमा सहभागी हुने अवसर मिल्नेछ। अरुलाई सजिलै प्रभाव पार्न सकिनेछ। महत्वपूर्ण कार्य सम्पन्न हुनेछ र नयाँ कार्यको थालनी हुनेछ। मन प्रफुल्ल रहनेछ। तर, शेयर बजारमा सोचेअनुरूप फाइदा नहुने संकेत छ। व्यवसायमा पनि अपेक्षित सफलता मिल्ने छैन। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

वृष राशि: योजना अनुसार काममा सहजता नआउन सक्छ। बोलीको कारण आलोचकहरूको संख्या बढ्न सक्छ। कार्य गर्दा विशेष ध्यान पुर्याउनु पर्नेछ। प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ। लापरवाहिको कारण सामान हराउने वा चोरी हुन सक्छ। खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ। अध्ययनमा रुचि कम रहनेछ।

मिथुन राशि: मन प्रसन्न हुनेछ। कार्यहरु सोचेअनुसार सम्पन्न हुनेछन्। अधुरा कामहरू पुनः सुरु हुनेछन्। लामो समयदेखि रोकिएको रकम एक्कासि हात पर्ने सम्भावना छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक उन्नति हुनेछ। पारिवारिक सहयोग पाउनुहुनेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोस्।

कर्कट राशि: धार्मिक र सामाजिक कामप्रति रुचि बढ्नेछ। अध्ययन र अनुसन्धानमा मन जानेछ। अभिभावकको सल्लाहले तपाईँको प्रतिष्ठा बढ्नेछ। तपाईँको क्षमताको कदर हुनेछ र मान-सम्मान मिल्नेछ। विश्लेषण क्षमतामा सुधार हुनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ।

सिंह राशि: सोचेअनुरूप सफलता प्राप्त हुने छैन। पारिवारिक सद्भाव बढ्नेछ। तर, पुराना आर्थिक समस्याहरू बल्झन सक्छन्। आर्थिक समस्याहरूको सामना गर्नुपर्नेछ। व्यवहारिक जीवनमा चुनौतीहरू आउन सक्छन्। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्।

कन्या राशि: शत्रुहरू पराजित हुनेछन्। धार्मिक यात्रा हुनेछ। आत्मविश्वास उच्च रहनेछ। दाम्पत्य जीवनमा खुशी छाउनेछ। प्रेम सम्बन्धमा सुमधुरता हुनेछ। प्रतिष्ठा र किर्ति बढ्नेछ।

तुला राशि: मन स्थिर राख्नाले कार्य सम्पादनमा सजिलो हुनेछ। प्रिय व्यक्तिसँग छोटो भेटघाट हुनेछ। दीर्घकालिन योजना बन्नेछन्। परिश्रमपूर्ण दिन रहनेछ र सफलताका साथ दिन बित्नेछ। सामाजिक कार्य र धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ। दिन प्रेमिल हुनेछ।

वृश्चिक राशि: खानपान र रमाइलो यात्रामा रुचि बढ्नेछ। तपाईँको बोलीको प्रशंसा हुनेछ। साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति मिल्नेछ। अधुरा कार्यहरू पुनः सुरु हुनेछन्। मिठो भोजन पाउनु हुनेछ। प्रेम सम्बन्धमा नजिक हुनेछ। नयाँ कार्य योजनाहरू बन्नेछन्।

धनु राशि: कार्य सम्पादनमा केही झन्झट आउन सक्छ। दिन मध्यम फलदायी रहनेछ। लाभहानि र सुखदुःख बराबर हुनेछ। धर्मकर्ममा मन जानेछ। सामाजिक काममा रुचि बढ्नेछ।

मकर राशि: नयाँ वस्त्र वा अलंकार प्राप्त हुने सम्भावना छ। दिन मनोरञ्जनमा बित्नेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। आफन्तको सहयोगले कार्य सफल हुनेछ। स्वास्थ्यमा ख्याल गर्नुहोस्।

कुम्भ राशि: सामाजिक र व्यवसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। मित्रहरूको सहयोगले कार्य सम्पादनमा सजिलो हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोस्।

मीन राशि: सामाजिक कार्यमा मन जानेछ। आतिथ्य ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। सृजनात्मक कार्यमा रुचि बढ्नेछ। नयाँ कामका योजना बन्नेछन्। बौद्धिक निखारता बढ्नेछ। परीक्षा वा प्रतिस्पर्धामा सफलता मिल्नेछ। पारिवारिक सद्भावमा मिठास हुनेछ।

ज्योतिषी तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, दाङ
फोन: ९८४८०६०७९९

 

 

 

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार