दाङ, ७ कार्तिक ।
दाङमा लुम्बिनी प्रदेशस्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा प्रतियोगिता संचालन हुने भएको हो ।
आउँदो आइतबारदेखि मंगलबारसम्म संचालन हुने प्रतियोगितामा १२ वटै जिल्लाबाट प्रतियोगिले सहभागीता जनाउन पाउने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो ।
प्रतियोगिता संचालनका लागि अहिले तयारी तिब्र बनेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागीताका लागि उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार