तुलसीपुर, १३ कार्तिक ।
दाङको तुलसीपुरमा प्रहरीले लागूऔषध ट्रामाडोल सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर-८ की ५३ वर्षीय तिल कुमारी विश्वकर्मा (आन्टि नामले चिनिने) रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विश्वकर्मालाई आइतबार साँझ ५ बजेतिर दुधेनाबाट पक्राउ गरिएको हो । उनले बोकेको ब्यागमा ५० ग्रामका ३५ पत्तामा ३५० ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड फेला परेको छ ।
विश्वकर्माको घरमा खानतलासी गर्दा प्लास्टीकमा लुकाइछिपाइ राखिएको अबस्थामा ५० ग्रामका २३४ पत्तामा दुइ हजार ३४० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकी विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो ॥