२०८१ मङ्सिर २४ गते सोमवार

रचनात्मक ढंगले राज्यलाई खबरदारी : उपमहानगरपालिका अगाडीबाट समाजसेवी पौडेलले गरे जेब्राक्रस निर्माण



दाङ, १६ कार्तिक ।
समाजसेवी उपेन्द्र पौडेलको सक्रियतामा तुलसीपुर उपहानगरपालिकाको कार्यालय अगाडि जेब्राक्रस निर्माण निर्माण गरिएको छ । तुलसीपुर-७ जितपुर निवासी समाजसेवी पौडेलले व्यक्तिगत लगानीमै यात्रु सुरक्षाका लागि जेब्राक्रस निर्माण गर्नुभएको हो ।

सुतेको स्थानीय सरकारलाई उठाउन पनि नगरपालिका अगाडी जेब्राक्रस निर्माण गरिएको पौडेलले बताउनुभयो । उहाँले राज्यलाई खबरदारी गर्न बन्द हड्ताल गनुनपर्ने भन्दै रचनात्मक काम गरेर पनि जिम्मेवार सरकार बनाउन खबरदारी गर्न सकिने बताउनुभयो ।

नगरप्रमुखको दायित्व नागरिकका आधारभूत सुरक्षाको व्यवस्था गर्नु भएपनि त्यो जिम्मेवारीमा कुनै चासो नदिएकाले पनि नगरको कार्यालय अघि जेब्राक्रस बनाएको उहाँको भनाई छ ।

पौडेललाई घोराही-१६ का किशोर लोहनी, राजिव पछाइ र मीना चौधरीले पनि साथ दिनुभएको छ । जेब्राक्रस बनाउँदा स्थानीयहरूले खुशी व्यक्त गरेका छन् । समाजमा देखिने यस्ता साना तर सशक्त परिवर्तनहरूले सरकारहरूलाई जिम्मेवार बनाउन पहल गर्ने किशोर लोहनीले बताउनुभयो ।

पौडलले यसअघि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडीबाट पनि जेब्राक्रस निर्माण गर्नुभएको थियो भने सडकका खाल्डखुल्डी पुरेर सरकारलाई रचनात्मक ढंगले खबरदारी गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार