२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



दाङ, १६ कार्तिक ।
दाङमा आज साँझ मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–१४ लुहासुरका ५५ वर्षिय नन्दबहादुर घर्तीको मृत्यु भएको हो ।

डुम्मरगाउँबाट मिलनचोकतर्फ जाँदै गरेको लु.प्र.०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले घर्तीलाई आज बेलुका साढे ७ बजेतिर घोराही बसपार्कमा ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्रममा राती ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना महिला घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घोराही–१४ कै ४५ वर्षिय मनमति नेपाली घाइते हुनुभएको छ । उहाँको प्रतिष्ठानमै उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक घोराही–१० नारायणपुरका २१ वर्षिय तिलक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार