२०८१ माघ ६ गते आइतवार

कपुरकोटमा स्वास्थ्य शिविर, नागरिकको व्यापक सहभागीता



सल्यान, २२ मंसिर ।
नागरिकको स्वास्थ्यमा सहज पहुँचका लागि सल्यानको कपुरकोट गाउँपालिकाले एकीकृत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राप्ती लाइफ केयर अस्पताल तुलसीपुर दाङ र कपुरकोट आधारभूत अस्पतालका प्राविधिक सहयोगमा शिबिरको आयोजना गरिएको हो ।

शिविरमा महिलाको स्त्रीरोग, हाड तथा नसा रोग, नाक-कान-घाँटी र भिडियो एक्स-रे जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको देखिएको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले शिविरले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य पहुँच पुर्‍याउन एकिकृत बृहत नि: शुल्क स्वास्थ्य शिविर गरिएको बताउनुभयो ।

शिविरमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवाहरू प्रदान गरेको छ । स्वास्थ्य समस्याले ग्रस्त रहेका स्थानीय बासिन्दाले निःशुल्क उपचार र औषधि पाएपछि खुसी व्यक्त गरेका छन् । आजमात्रै शिबिरमा ७ सय ४५ जनाले सेवा लिएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार