२०८२ माघ २९ गते बिहिवार

तपाईँको आजको राशिफल २०८१ मंसिर २८ गते शुक्रबार



मेष राशि

पारिवारिक सफल यात्राको योग रहला। सन्तानबाट शुभ समाचार प्राप्त होला। कार्यक्षेत्रबाट लाभ मिल्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहला। दिन रमाइलो गरी बित्नेछ। पारिवारिक जमघट होला। अधुरा कार्यहरू सुचारु हुनेछन्। कुनै पनि निर्णय गर्दा ख्याल राख्नुहोला।

वृष राशि

आजको दिन मध्यम फलदायी रहनेछ। व्यवसायमा सोचेअनुरूप सफलता मिल्ने छैन। काम गर्दा अत्यन्तै ध्यान दिनु पर्नेछ। विद्यार्थीका लागि समय उपयुक्त छैन। पढाइमा मन जाने छैन। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। खर्च बढ्न सक्छ।

मिथुन राशि

कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। बेचैनी हटेर जानेछ। रोकिएका कार्यहरू पुनः सुचारु होलान्। कारोबारमा सहजता आउनाले मन हर्षित हुनेछ। मनका विकारहरू हट्नेछन्। पुराना मित्रसँगको मिलनले मन प्रसन्न रहला।

कर्कट राशि

आर्थिक कारोबार बलियो हुनेछ। सोचेअनुरूप काम अगाडि बढ्नाले मन हर्षित हुनेछ। व्यवसायमा नयाँ कामहरू हात लाग्नेछन्। साथीभाइको पूर्ण साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। आज आफैंलाई ऊर्जावान महसुस हुनेछ।

सिंह राशि

धार्मिक काममा रुचि बढ्नेछ। धैर्यताले काम गर्दा शुभफल प्राप्त हुनेछ। नकारात्मक सोचबाट टाढा रहेर काम गर्दा लाभ हुनेछ। लापरवाह वाणीले दुःख दिन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन रहेको छ। कानुनी काममा सजग भएर काम गर्दा सहज हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

कन्या राशि

एकपछि अर्को जिम्मेवारी थपिनेछ। अलिकति थकान महसुस होला। कर्जा दिनका लागि आज उपयुक्त छैन। शिक्षामा प्रगति हुनेछ। वाणीमा मिठास बढ्नेछ। आफूअनुकूल समय रहनाले काममा सहजता हुनेछ। स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ। सवारी चलाउँदा ध्यान दिनुहोला।

तुला राशि

पारिवारिक भेटघाट तथा मित्र मिलन हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। आत्तिएर कुनै पनि निर्णय नगर्नुहोला। व्यवसायिक सफलता मध्यम रहनेछ। यात्रा गर्दा सतर्क रहनु होला। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि शुभ दिन छ। तपाईंको कार्यकुशलताको प्रशंसा हुनेछ। योजनाहरू पूरा हुँदा मन प्रसन्न हुनेछ। सेयर बजारबाट लाभ मिल्नेछ।

वृश्चिक राशि

कार्यक्षेत्रमा सम्मान मिल्नेछ। पारिवारिक वातावरण रमाइलो हुनेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कामहरू सुचारु हुनेछन्। मान–सम्मान बढ्नेछ। बोल्दा विचार गर्नुहोला। जीवनसाथीको साथ मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ।

धनु राशि

समाजमा मान–सम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबमोजिम काम हुँदा मन खुशी हुनेछ। चिताएका कामले सार्थकता प्राप्त गर्नेछन्। दिन रमाइलो गरी बित्नेछ। सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ। स्वास्थ्यमा अलिक ख्याल राख्नुहोला।

मकर राशि

पारिवारिक वातावरणमा खर्च हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक र सामाजिक काममा मन जानेछ। दैनिक काममा प्रगति हुनेछ। अरूको विश्वासमा पर्दा धोका पाउन सकिन्छ, ख्याल गर्नुहोला।

कुम्भ राशि

शुभ समाचारले मन प्रसन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक काममा सहभागी भइनेछ। चिताएका कामहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। न्यायिक काममा सफलता मिल्नेछ।

मीन राशि

आर्थिक वृद्धि हुनेछ। जोश र जाँगर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक काममा सहभागिता जनाइनेछ। सोचेअनुरूप काम बन्नाले मन प्रसन्न हुनेछ। स्वास्थ्य सुधार हुँदै जानेछ। उत्तरार्धमा धन खर्च हुनेछ। सवारी चलाउँदा ध्यान दिनुहोला।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, के-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार