२०८२ फाल्गुन ४ गते सोमवार

सिटिजन्स बैंकले विद्यालयलाई ५० थान कुर्सी दियो



तुलसीपुर,१७ पुस ।

तुलसीपुर स्थित सिटिजन्स बैंकले एक विद्यालयलाई प्लाष्टिक कुर्सी सहयोग गरेको छ ।

बैंकले  वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयलाई ५० थान कुर्सी सहयोग गरेको हो । बैंकले एक कार्यक्रमका विच आज  विद्यालयलाई हस्तान्तरण गरेको हो ।

कुर्सी हस्तान्तरण गर्दै बैंकका प्रबन्धक घनश्याम भण्डारीले  सामाजिक उत्तरदायित्व अन्र्तगत कुर्सी सहयोग गरेको  बताउनुभयाे । सामुदायिक विद्यालयमा आफ्नो सहयोगले सहजता होस भनेर सहयोग गरिएको उहाँले बताउनुभयाे ।

विद्यालयको लागि आवस्यक कुर्सी सहयोग गरेकोमा प्रधानाध्यापक पदम बहादुर वलीले धन्यवाद ब्यक्त गर्नुभएकाे  छ।  अब सभाहलमा बस्न र कार्यक्रम सञ्चालन गर्दा सहजता हुने  प्रधाध्यापक वलीले बताउनुभयाे।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार