२०८१ फाल्गुन ६ गते मङ्गलवार

एकैपटक ५८ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस



काठमाडौँ,२६ पुस।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका ५८ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

मन्त्रालयले पुस २५ गतेको निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ४० जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार