२०८१ फाल्गुन ६ गते मङ्गलवार

तपाईंको आजको राशिफल २०८१ माघ २ गते बुधबार



मेष राशि
खुट्टा तान्नेहरू सक्रिय रहनेछन्। पदीय मर्यादा कायम राखेर कार्य गर्दा शुभ हुनेछ। मानसिक दबाब महशुस हुन सक्छ। आजको दिन मध्यम फलदायी रहनेछ। अनावश्यक चिन्ता मनमा उत्पन्न हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। धैर्यताले काम गर्दा सहजता मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा सावधानी अपनाउनुहोला।

वृष राशि
बन्धुबान्धवको सहयोगले कार्य सम्पादन सहज हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कूटनीतिक सफलता मिल्नेछ। पारिवारिक प्रेम बढ्नेछ। स्वास्थ्यमा सावधानी अपनाउनुहोला।

मिथुन राशि
नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ। एउटा कार्य सकेर मात्र नयाँ कार्यमा हात हाल्नुहोला। आँटेका कार्य पूरा हुनेछन्। मान-प्रतिष्ठा वृद्धि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा केही समस्या आउन सक्छ।

कर्कट राशि
आफ्नो इच्छाअनुसार समय बित्नेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउनेछ। सोचेअनुसार कार्य अघि बढ्नाले मनमा हर्ष छाउनेछ। आर्थिक लाभ हुनेछ। पारिवारिक जमघटले मनमा आनन्द छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह राशि
आत्मबलमा कमी आउनाले मनमा द्विविधा उत्पन्न हुन सक्छ। नयाँ योजनाहरू कार्यान्वयन गर्न कडा मेहनत गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुहोला। निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोला। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला।

कन्या राशि
रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउनेछ। व्यक्तिगत कार्यले तीव्रता पाउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। रोजगारीका अवसर प्राप्त हुनेछन्। दैनिक कार्यमा सफलता मिल्नेछ। व्यवसायमा आदर्श व्यक्तिसँग सहकार्य गर्दा नयाँ अनुभव प्राप्त हुनेछ।

तुला राशि
आज बिना प्रतिस्पर्धा नै फाइदा हुने समय छ। सामाजिक कार्यमा सरिक भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाणीको प्रभाव बढ्नेछ। जोस जाँगर र हिम्मत बढ्नेछ। गरिएका काममा सफलता मिल्नेछ। सोचेजस्तै कामले तीव्रता पाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। भावनात्मक चुनौती भने रहन सक्छ।

वृश्चिक राशि
सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुनर्मिलनको योग छ। आँटेका काम सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।

धनु राशि
सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक समस्या आउन सक्छ। सोचेजस्तै काम बनाउन मुस्किल हुन सक्छ। नाक, कान, घाँटीको सामान्य समस्याले सताउन सक्छ, सतर्क रहनुहोला। प्रेम सम्बन्धमा बाधा उत्पन्न हुन सक्छ।

मकर राशि
पारिवारिक सुख र शान्ति प्राप्त हुनेछ। अधुरा काम पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त हुनेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ।

कुम्भ राशि
जोस, जाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना छ। धैर्य र लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। पारिवारिक सद्भाव मिल्नेछ। कुनै कुराले भ्रममा पार्न सक्छ, सतर्क रहनुहोला।

मीन राशि
विश्वास गरेका व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। उत्साह र उमंगले भरिएको दिन रहनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। शुभकर्मको चर्चा हुनेछ। दिन आनन्दमय रहनेछ।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं.: 9848060799

 

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार