२०८१ फाल्गुन ६ गते मङ्गलवार

राप्ती प्रादेशिक अस्पतालमा आइसियु सेवा नहुँदा बिरामी मारमा



दाङ, ३ माघ ।
दाङको राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामीहरू समस्यामा पर्ने गरेका छन् ।

जटिल अवस्थामा अस्पताल पुग्ने बिरामीलाई आवश्यक उपचार सुविधा उपलब्ध नभएपछि जटिल प्रकृतिका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता छ ।

अस्पतालमा आवश्यक स्रोतसाधन र जनशक्तिको अभावले आइसियु सेवा सञ्चालन गर्न नसकेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. पदमराज अधिकारीले बताउनुभयो ।

उहाँले यसै आर्थिक वर्षमा आइसियु सेवा संचालनमा ल्याउने गरी पहल गरिरहेको बताउनुभयो ।

राप्ती प्रादेशिक अस्पतालमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम लगायतका जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । तर आइसियु सेवाको अभावले गम्भिर प्रकृतिका बिरामी समस्यामा पर्ने गरेका छन् ।

राप्ती प्रादेशिक अस्पतालमा जतिसक्दो छिटो आइसियु सेवा संचालनमा ल्याउनुपर्ने नागरिकको माग छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार