
दाङ, ५ माघ।
पौडेल वंश महासङ्घ नेपाल दाङको प्रथम अधिवेशन तुलसीपुरमा हुने भएको छ। महासंघकाे शनिबार तुलसीपुरमा सम्पन्न बैठकले आगामी फागुन १० गते तुलसीपुरमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष रामकुमार पौडेलको अध्यक्षता, केन्द्रीय सदस्य हरिहर पौडेलको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सचिव भरतमणि पौडेलको विशिष्ट अतिथितामा बसेको बैठकले सो निर्णय गरेको हो।
पौडेल वंश महासङ्घ नेपाल दाङको प्रथम अधिवेशन उद्घाटनका लागि केन्द्रीय अध्यक्ष हरिराम पौडेल दाङ आउने केन्द्रीय सदस्य हरिहर पौडेलले जानकारी दिनुभयो। अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय अध्यक्षसँगै लुम्बिनी प्रदेशका पदाधिकारी तथा छिमेकी जिल्ला नेतृत्वका पाैडेल बन्धुहरूलाई आमन्त्रण गरिएकाे जिल्ला अध्यक्ष रामकुमार पौड्यालले जानकारी दिनुभयो।
यसैबीच प्रथम अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ६ वटा उपसमितिहरू गठन गरिएको छ।
पौडेल वंश महासङ्घ बबई गाउँपालिका अध्यक्ष डिल्ली पौडेलको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ। जसको सदस्यमा देवेन्द्र पौडेल, झरेन्द्र केसी पौडेल, कालिका प्रसाद पौडेल र गिरिराज पाैडेल रहनुभएकाे छ।
भोजन व्यवस्थापन उपसमितिको संयोजकमा रामप्रसाद पौडेल, सदस्यहरूमा केशवराज पौडेल र टिकाराम पौडेल चयन हुनुभएको छ।
यस्तै, लुम्बिनी प्रदेश सचिव भरतमणि पौडेल संयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ। समितिको सदस्यमा बसन्त पौडेल र गोकर्ण पौडेल चयन हुनुभएको छ।
मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा तुलसीपुर नगर समिति काेषाध्यक्ष बिमल कुमार पौडेल चयन हुनुभएको छ। सदस्यमा नरेश पौडेल र यम प्रसाद पौडेललाई चयन गरिएकाे हाे।
अधिवेशनलाई व्यवस्थित गर्नका लागि सचिवालय उपसमिति समेत गठन गरिएको छ। गिरिराज पौडेल संयोजक रहेको सचिवालय समितिमा नरेश पौडेल र बसन्त पौडेल सदस्य रहनुभएको छ।
अधिवेशनमा आउनुहुने पाहुनाहरूका लागि स्वागत सत्कारका लागि अतिथि सेवा सत्कार उपसमिति गठन गरिएको छ। केन्द्रीय सदस्य गीता पौडेल संयोजक रहेको समितिमा अर्पना पौडेल र राजेन्द्र पौडेल सदस्य चयन हुनुभएको छ।
यसैबीच आगामी फागुन १० गते तुलसीपुरमा हुने प्रथम अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण पौडेल बन्धुहरूमा जिल्ला अध्यक्ष रामकुमार पौडेलले अपिल गर्नुभएको छ। पौडेल बन्धुहरूको एकता र भातृत्वको शन्देश प्रबाहका लागि कार्यक्रममा उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभएको हो।
शनिबारकाे तयारी बैठकमा जिल्ला नेतृत्व, घाेराही र तुलसीपुर उपमहानगरपालिका, दंगिशरण, शान्तीनगर र बबई गाउँपालिकाका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे।