२०८१ फाल्गुन ६ गते मङ्गलवार

तपाईँको आजको राशिफल २०८१ माघ ८ गते मंगलबार



मेष :-

आजको दिन यात्रा लाभदायक रहन सक्छ। पारिवारिक सुखद क्षणहरू बित्नेछन्। नयाँ अवसर प्राप्त हुने योग छ। चिताएका कार्यहरू पूर्ण हुँदा मन प्रसन्न रहनेछ।

वृष :-

आज अनावश्यक खर्च बढ्न सक्छ। निर्णयात्मक कुरामा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुहोला। पारिवारिक साथ भने मिल्नेछ।

मिथुन :-

आर्थिक लाभको सम्भावना छ। सामाजिक कार्यमा सहभागिताले सम्मान बढ्नेछ। आत्मबल उच्च रहनेछ। विद्यार्थीका लागि विशेष दिन रहनेछ। दिन उत्साहपूर्ण हुनेछ।

कर्कट :-

पारिवारिक सम्बन्धमा केही तनाव आउन सक्छ। धैर्य र समझदारी अपनाउनुहोस्। व्यापारिक काममा सफलता मिल्नेछ। पठनपाठन भने राम्रो होला। आत्मविश्वास बढ्नेछ।

सिंह :-

आत्मविश्वासले नयाँ अवसरको खोजी गर्न सहयोग पुर्‍याउनेछ। प्रतिष्ठा बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ। अप्रत्याशित धन लाभ होला। कार्यक्षेत्रमा विवाद पर्न सक्छ, सजग रहनुपर्ला।

कन्या :-

पारिवारिक सद्भाव बढ्ला। मिष्टान्न भोजन प्राप्त होला। तपाईंको योजना सफल हुनेछन्। व्यवसायिक क्षेत्रमा प्रगति हुनेछ। आर्थिक लाभको राम्रो योग छ।

तुला :-

यात्रामा सजगता रहनुपर्नेछ। मालसामान हराउन सक्छ। आजको दिन मिश्रित रहनेछ। पारिवारिक मामिलामा सावधानी अपनाउनुहोस्। महत्वपूर्ण निर्णय लिनुअघि विचार पुर्‍याउनुहोला।

वृश्चिक :-

कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। सामाजिक मान–प्रतिष्ठामा वृद्धि हुनेछ। घर–परिवारमा खुशीको माहोल सिर्जना हुनेछ। नयाँ ठाउँको यात्रा हुने सम्भावना छ।

धनु :-

विशिष्ठ व्यक्तिको साथ प्राप्त हुनेछ। ठेक्कापट्टा गर्नेका लागि विशेष लाभ मिल्ला। अन्य आर्थिक क्षेत्रमा मन्दीको सम्भावना हुनेछ। सोचेर मात्र खर्च गर्दा उचित हुनेछ।

मकर :-

धर्मकर्ममा मन जाला। पारिवारिक जमघटमा दिन जानेछ। महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। मान–सम्मानमा वृद्धि हुनेछ। पारिवारिक साथ र सहयोगले आत्मबल उच्च रहनेछ।

कुम्भ :-

आफन्तसँग केही मतभेद रहन सक्छ। बोल्दा ख्याल गर्नुहोला। विद्यार्थीहरूको लागि राम्रो समय हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। नयाँ जिम्मेवारीले समयको सदुपयोग हुनेछ।

मीन :-

कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन होला। व्यवसाय सोचेअनुरूप सफल हुनेछैन। स्वास्थ्यप्रति ध्यान दिनुहोला। परिश्रमअनुसार लाभको सम्भावना छ। आफन्तसँग सहयोग र समर्थन पाउनुहुनेछ।


ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर दाङ
📞 9848060799


 

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार