२०८१ फाल्गुन ६ गते मङ्गलवार

सल्यानमा रिपिटर टावर नजिकै ग्रिनेट बम फेला



फाइल फोटो

सल्यान, ८ माघ ।
सल्यानको कपुरकोटस्थित रिपिटर टावरको मुनि ग्रिनेट बम फेला परेको छ । कपुरकोट गाउँपालिका-४ किमीचौरस्थित रिपिटर टावरको मुनि एउटा ग्रिनेट बम फेला परेको हो । झाडी सरसफाईमा गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर कुमार न्यौपानेका अनुसार बेलुकीपख ग्रिनेट फेला परेपछि डिस्पोजका लागि नेपाल आर्मीलाई आग्रह गरिएको थियो ।

भौगोलिक रूपमा दाङसँग सिमाना जोडिएको र कपुरकोटको दुरी टाढा भएका कारण आर्मीले बुधबार मात्रै त्यो डिस्पोज गर्ने भएको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरीले आर्मी नपुग्दासम्म सुरक्षा दिएर राख्नेछ । द्वन्द्वकालमा आर्मीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरहरूको सुरक्षा दिने गर्दथ्यो । त्यही क्रममा त्यो ग्रिनेट छुटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार