
तुलसीपुर,११ माघ ।
लायन्स क्लव अफ तुलसीपुर इशानकाे आयोजनामा आज (शुक्रवार) तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ ।रक्तदान नै जिबनदान भन्ने नाराका साथ राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत रक्तसञ्चार केन्द«मा रक्तदान कार्यक्रम गरिएको हो ।
लायन्स क्लव अफ तुलसीपुर इशानका अध्यक्ष रमेश रेग्मीकाे अध्यक्षता तथा संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिहंकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका १६ जनाले रक्तदान गरेका हुन ।
प्रमुख अतिथि सिहंले रक्तदान नै जिवनदान भएको भन्दै यस्ता मानविय कार्य निरन्तर गर्नुपर्ने बताउनुभयाे।
रत्तदान गर्दा स्वास्थ्य विग्रन्छ भन्ने भ्रम अझैपनि समाजमा विद्यमान रहेको भन्दै स्वास्थ्यकर्मीको सल्लाह अनुसार रक्तदान गर्दा स्वास्थ्यमा समस्या नरहने बताउनुभयो ।
रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष रेग्मीले बताउनुभयो।
कार्यक्रममा पुर्व अध्यक्ष प्रेमप्रकाश गिरी,सल्लाहकार जीवन भण्डारी लगायतले रक्तदानलाई नियमित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, प्रत्येक सक्षम व्यक्तिले समय-समयमा रक्तदान गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।
संस्थाका द्वितीय उपाध्यक्ष दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशवराज न्यौपानेले गर्नुभएको सहसचिव सोमराज बस्नेतले जानकारी दिनुभयो ।