
तुलसीपुर, १९ माघ ।
दाङकाे तुलसीपुरमा सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियाेगिता २०८१ आज (शनिवार) देखि सुरु भएको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको राष्ट्रिय सभाका पूर्व सदस्य काेमल वलीले खेल उद्घाटन गर्नु भएको हो।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथि वलीले विश्व माझ राष्ट्रको झण्डा फहराउने एक मात्र दरिलो माध्यम खेल क्षेत्र भएको बताउनु भएको छ । खेलकुद राष्ट्रको सान र पहिचान हो यसले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्छ यो हामी सारा नेपालिको गौरव भएकाले यसलाई देशको समृद्धि संग जोडेर लैजानु बताउनु भयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चाैधरी, निबर्तमान नगर प्रमुख घनश्याम पान्डे, अधिकारकर्मी शुष्मा लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
वडा अध्यक्ष दुजमान भन्डारिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नानिमैया केसि वलि ले गर्नु भएको थियो ।
माघ २५ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ सर्वोत्कृष्ट हुने खेलाडीले नगद ८ हजार ट्रफी हात पार्नेछन् ।
त्यस्तै उत्कृष्ट गोल्किपर,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षक लाई क्रमशःनगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ दि म्याच लाई नगद १ हजार रुपैयाँ प्रदान गरिने वडा अध्यक्ष दुजमान भन्डारी ले जानकारी दिनु भएको छ ।
साथै उहाले खेलकूद क्षेत्र राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले पनि खेलको विकासकालागि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले बिभिन्न प्रायोजकहरुको सहयोगमा उक्त कार्यक्रम हुन लागेको र भैपरी आउने घटना दुर्घटना लाई मध्यनजर गर्दै खेलाडी र रेफ्रीकाे बीमा समेत गरिएकाे बताउनुभयो ।
अरनिको मैदानमा संचालित प्रतियोगिताको वडाले स्काेर बाेर्ड समेत राखेकाे र सो स्कोरबोर्ड मैदानमा सधैका लागि राखिदिने उहाले बताउनुभयो ।
प्रतियोगितामा तुलसीपुर नगरका १६ वडाका टिमको सहभागिता रहेको छ ।
यसैबिच आज भएको उद्घाटन खेलमा वडा नम्बर ६ बिजयी भएको छ । वडा नम्बर ४ लाई ५-२ गोलले पराजित गर्दै आयोजक वडा नम्बर ६ ले बिजयी सुरुवात गरेको हो ।प्रतियोगिता अन्तरगत भोलि बिहान हुने पहिलो खेलमा वडा नम्बर १४ र वडा नम्बर १५ भिड्नेछन् । खेल बिहान साढे आठ बजे देखि सुरु हुनेछ ।