२०८२ जेष्ठ ३२ गते आइतवार

तपाईँको आजको राशिफल २०८१ माघ २१ गते सोमबार



मेष:कामको सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ। विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ। धर्म तथा पूजापाठमा समय बित्नेछ। वित्तीय बजारमा लगानी गरेर आम्दानी गर्न सकिनेछ। काम गर्दा विशेष ध्यान दिनुहोला, दण्ड तथा जरिवाना हुने योग रहेको छ। स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन्।

वृष:विशिष्ट व्यक्तिहरूको विचारले प्रभावित बनाउनेछ। सामाजिक काममा विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाज सेवामा समय दिन सक्दा नाम र दाम दुवै कमाउन सकिनेछ। तरल पदार्थ तथा जलविद्युत (हाइड्रोपावर) क्षेत्रमा लगानी फस्टाउनेछ। शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ। प्रणय सम्बन्धमा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ। कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ।

मिथुन:पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ। बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ। परिवार तथा आफन्तको साथ पाइने भएकाले काम गर्न सजिलो हुनेछ। नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरू पार गर्दै गन्तव्यमा पुग्न सकिनेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गरी घर-गृहस्थी चलायमान गर्ने समय रहेको छ।

कर्कट:व्यापार, उद्योग तथा सेयर बजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ। समस्याहरू सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। अध्ययन तथा अनुसन्धानमा अपेक्षाभन्दा राम्रो प्रगति हुने तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ। पूजापाठ, धार्मिक क्षेत्र तथा मन्दिर यात्राको योजना बनाउन सकिनेछ। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्राको सम्भावना रहेको छ।

सिंह:सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुःख पाइनेछ। पुरानो रोगले सताउन सक्छ, ध्यान दिनुहोला। अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ। अरूका कामका लागि समय खर्चिनु पर्ने भएकाले आफ्ना काम थाती रहनेछन्। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ। प्रेममा एकअर्कालाई अविश्वास गर्नाले टाढिनुपर्ने बाध्यता आउनेछ।

कन्या:उद्योग तथा व्यापार फस्टाउनेछ भने व्यापारकै सिलसिलामा यात्रा हुनेछ। पर्यटन, सेयर बजार तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ प्राप्त हुनेछ। भौतिक सम्पत्तिको भरपूर प्रयोग गरी आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ। प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ। धार्मिक तथा सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर जुर्नेछ।

तुला:माया प्रेममा सामीप्यता बढ्नेछ तथा दाम्पत्य जीवनको बन्धन अझ मजबुत हुनेछ। मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ। लामो दूरीको अफिसियल यात्राको सम्भावना रहेको छ भने यात्राबाट अपेक्षित उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ। वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीलाई पराजित गर्दै सफलता प्राप्त गर्न सकिनेछ। शिक्षा, बैंक तथा वित्तीय क्षेत्र, सेयर बजारमा गरिएको लगानीबाट आम्दानी हुनेछ।

वृश्चिक:कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ। बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाउनेछ भने दैनिकी सहज रूपमा बित्नेछ। बौद्धिक, साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम र दाम दुवै कमाउने समय रहेको छ। माया प्रेममा नजिक हुने तथा मन परेको व्यक्तिबाट उपहार प्राप्त हुने योग रहेको छ। आफन्त तथा सन्तानसँगको सम्बन्ध अझ राम्रो हुनेछ भने वंश वृद्धिको सम्भावना रहेको छ।

धनु:स्वास्थ्य सम्बन्धी समस्या आइ काम गर्न बाधा हुनेछ, ध्यान दिनुहोला। आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दूरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ। राजनीतिमा आलोचकहरू सक्रिय हुनेछन्। अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्नेछ। कृषि तथा सेयर बजार क्षेत्रमा गरिएको लगानी भने फस्टाउनेछ।

मकर:छोटो तथा रमाइलो यात्राको योजना बन्नेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन्। प्रणय सम्बन्धमा सुधार हुनेछ। एकअर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ। शिक्षा, सेयर बजार तथा उद्योग क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ। दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। विवादित विषयहरू तपाईंको पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ।

कुम्भ:व्यवसाय फस्टाउनेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति संकलन गर्न सकिनेछ। होटल तथा रेस्टुरेन्ट, निर्माण सामग्री, शिक्षा क्षेत्र, सेयर बजार तथा गरगहना व्यापारबाट लाभ लिन सकिनेछ। पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। सामाजिक तथा कल्याणकारी काम गरी समाजमा प्रतिष्ठा कमाउन सकिनेछ। थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै काम गर्न सकिनेछ।

मीन:सामाजिक वा धार्मिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ। व्यापार, उद्योग तथा पुँजी बजारमा लगानी गरी मनग्गे धन संकलन गर्न सकिनेछ। विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन्। माया प्रेममा सामीप्यता बढ्नेछ भने परिवार तथा आत्मीय मित्रसँग रमाइलो यात्रा हुनेछ। भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्त गर्ने सम्भावना रहेको छ। पूजापाठ तथा मनोरञ्जनमा केही समय बित्नेछ।

🔹 ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
🔹 सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
🔹 मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार