२०८१ चैत्र ३ गते आइतवार

अमृत एकेडेमीले मनायाे १७ औं वार्षिकोत्सब



दाङ,२१ माघ ।

ज्ञान ज्योति फाउन्डेसन द्वारा सञ्चालित अमृत एकेडेमी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ले आज एक कार्यक्रमका विच बसन्त पञ्चमीकाे अवसर पारेर विद्यालयले १७ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीकाबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा  नम्बर १९ का अध्यक्ष प्रेमनाथ याेगिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगिले विद्यालयले यस क्षेत्रमा शिक्षाको माध्यमबाट खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यालयले आउने दिनहरूमा शिक्षा सँगसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सृजनशील बनाउन भूमिका खेल्ने आग्रह गर्नुभयो, १७ औं वर्षसम्म आइपुग्दा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा विद्यार्थीहरूको मनोभावना बुझेर शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल लिलाधर सेजुवाल ( प्रताप)ले विद्यालयले गरेका क्रियाकलाप र विद्यालयको भावी योजनाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा शिक्षिका तारा श्रेष्ठ, शिक्षक नारायण रेग्मी, कक्षा ९  मा अध्ययनरत श्रीष्मा थापा, कक्षा १० का छात्र गणेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापअक नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक भीमप्रसाद सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार