२०८१ चैत्र ३ गते आइतवार

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ,२७ माघ। भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गरी दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

बुढाले दैलेखको भिउचुला देखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको पुष्टि भएकाले आज विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।-प्रशासनबाट

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार