
दाङ, २८ माघ।
पौडेल वंश महासङ्घ नेपाल दाङको तुलसीपुरमा हुने प्रथम अधिवेशनको तयारी तीव्र पारिएकाे छ। महासंघकाे साेमबार तुलसीपुरमा सम्पन्न बैठकले आगामी फागुन १० गते हुने प्रथम अधिवेशनकाे तयारीका लागि बेठक बसेकाे हाे ।
संघका अध्यक्ष रामकुमार पौडेलको अध्यक्षता, केन्द्रीय सदस्य हरिहर पौडेलको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य प्रेम पौडेलको विशिष्ट अतिथितामा बसेको बैठकले आसन्न अधिवेशन भव्यरूपमा सम्पन्न गर्ने निर्णय गरेको हो।
पौडेल वंश महासङ्घ नेपाल दाङको प्रथम अधिवेशन उद्घाटनका लागि केन्द्रीय अध्यक्ष हरिराम पौडेल दाङ आउने केन्द्रीय सदस्य हरिहर पौडेलले जानकारी दिनुभयो।
अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय अध्यक्षसँगै लुम्बिनी प्रदेशका पदाधिकारी तथा छिमेकी जिल्ला नेतृत्वका पाैडेल बन्धुहरूलाई आमन्त्रण गरिएकाे जिल्ला अध्यक्ष रामकुमार पौड्यालले जानकारी दिनुभयो।
यसैबीच आगामी फागुन १० गते तुलसीपुरमा हुने प्रथम अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण पौडेल बन्धुहरूमा जिल्ला अध्यक्ष रामकुमार पौडेलले अपिल गर्नुभएको छ। पौडेल बन्धुहरूको एकता र भातृत्वको शन्देश प्रबाहका लागि कार्यक्रममा उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभएको हो।