२०८१ चैत्र ३ गते आइतवार

सगरमाथा स्कुलले मनायो १८औं वार्षिक उत्सव



दाङ, ३ फागुन।
तुलसीपुर-९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालय सञ्चालक समिति अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तुलसीपुर-३ का वडा अध्यक्ष विजय विकले विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्ने र अभिभावकहरूको चासो र सहभागिता अझै बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा अभिभावक, शिक्षक,विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षण पद्धति, प्रविधिमैत्री कक्षा कोठा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार