२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरको डम्पिङ साइटमा आगलागी



दाङ, ४ फागुन ।
तुलसीपुरको डम्पिङ साइटमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ र १२ मा रहेको डम्पिङ साइटमा आगलागी भएको हो ।

आगलागी राति कुन बेला सुरू भयो भन्ने यसको कारणबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी तारा प्रसाद परियारका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । उहाँले जानकारी दिएपछि दमकल र जेसीबीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको तुलसीपुर–६ का वडा सदस्य यमराज केसीले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको थिएन ।

घटनाबारे मेयर टिकाराम खड्कालाई जानकारी गराइएको र उहाँले घोराहीबाट पनि दमकल बोलाउनुभएको उहाँले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार