
दाङ, ८ चैत । तुलसीपुरको राप्ती बबई क्याम्पसले आज शोक बिदा गरेकोे छ । क्याम्पसले कक्षा १२ मा अध्ययनरत छात्रा रञ्जना चौधरीको दुखद निधनप्रति शोक व्यक्त गर्दै आज क्याम्पस बन्द रहने जनाएको छ ।
चौधरीको यही चैत ५ गते असामयिक निधन भएको थियो । क्याम्पस प्रशासनले शोक विज्ञप्ती जारी गरी चौधरीको सम्झनामा आज शोकसभा बिदा दिएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार